मानिस समाउन मध्य राति ढोका फुटाएर प्रहरी घर भित्र छिर्यो, वृद्धा र किशोरी माथि निर्घात कुटपिट, दुई पक्राउ

0 Shares

रौतहट, ३ भदौ । रौतहटको बौधिमाई नगरपालिका–८ सरमुजवामा पक्राउ गर्न पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घरमा प्रवेश गर्ने क्रममा कुटपिट गरेको आरोप लागेको छ ।
घटनामा ७० वर्षीया वृद्धा बसकलिया देवी र १६ वर्षीया किशोरी करिश्मा यादव गम्भीर घाइते भएको हो ।
पीडित परिवारका अनुसार मंगलबार राति करिब १२ बजे ठूलो संख्यामा सुरक्षाकर्मी शिवपुजन यादव र नवलकिशोर यादवलाई पक्राउ गर्न उनीहरूको घर पुगेका थिए । सुरक्षाकर्मीले घरको मुख्य ढोका फुटाएर प्रवेश गरी दुवै दाजुभाइलाई नियन्त्रणमा लिएको परिवारको आरोप छ ।
दुवै जनालाई नियन्त्रणमा लिएपछि सुरक्षाकर्मीले शिवपुजनकी आमा बसकलिया देवी, श्रीमती सुगान्धी देवी र १६ वर्षीया छोरी करिश्मामाथि समेत कुटपिट गरेको परिवारको दाबी छ । उनीहरू मध्ये बसकलिया र करिश्माको टाउकोमा चिरपट भाटाले प्रहार भएको छ ।
घाइते दुवैको गौरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पीडितका अनुसार बसकलियाको टाउकोमा ७ वटा टाका र करिश्माको टाउकोमा ६ वटा टाका लगाइएको छ ।
घटनापछि आक्रोशित बसकलियाले आफूले कुनै कसुर नगरेको दाबी गर्दै मध्यरातमा घरको ढोका फुटाएर प्रवेश गरी आफूहरूमाथि आक्रमण गरिएको बताइन् । उनले भनिन्, “हामीले कुन कसुर गरेका थियौ ? रातिको समयमा ढोका फुटाएर घरमा प्रवेश गरी आक्रमण गर्नु गम्भीर अन्याय हो । हामीले न्याय पाउनुपर्छ ।”
के छ घटना विवरण ?
गएको सोमवार दिउसो सीमावारी पारीको कारोवार गर्ने केही व्यापारीहरुले ल्याएको मोटरलाई समात्ने क्रममा स्थानीय तस्करहरुलाई संरक्षण गर्नेहरु ढुंगामुढा गराएपछि विओपी सरमुजवाका इन्सपेक्टर लोकेन्द्र पुलामी मगरको औला भाँचिएको र अर्का एक जना प्रहरी घाइते भएको थियो । सोही विषयलाई लिएर त्यसमा संलग्न व्यक्तिलाई समात्ने क्रममा राति दुबै जनालाई समातेको स्थानीयले आशंका व्यक्त गरेको छ । तर उक्त घटनामा पक्राउ परेका दाजुभाईको संलग्नता नरहेको, एकजना गाडी चलाउने चालक रहेको अर्का खेती किसानी गर्ने रहेको तर तस्करी गर्ने व्यक्ति नभएको दाबी गरे ।
यता, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी बसन्त गौतमले भने सशस्त्र प्रहरीको बेस क्याम्पका इन्स्पेक्टर लोकेन्द्र पुलामी मगरमाथि तस्करीको सामान नियन्त्रण गर्ने क्रममा भएको आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।
मध्यरातमा घरमा प्रवेश गर्नुको कानुनी आधार तथा छापामारी गर्दा स्थानीय जनप्रतिनिधिको रोहवर आवश्यक नरहेको विषयमा प्रश्न उठ्दा डीएसपी गौतमले “विशेष परिस्थिति भएकाले मानिसलाई पक्राउ गरिएको” प्रतिक्रिया दिए ।
तर घरभित्र रहेका महिला तथा नाबालिका माथि चिरपट प्रहार भएको आरोप बारे भने आफूलाई जानकारी नभएको डीएसपी गौतमले बताए ।
घटनाले पक्राउ गर्ने नाममा सुरक्षाकर्मीले घरभित्र प्रवेश गर्दा कानुनी प्रक्रिया पालना गरे–नगरेको तथा सर्वसाधारण माथि बल प्रयोगको सीमा के हो भन्ने गम्भीर प्रश्न स्थानीयले उठाए । पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र आफूहरूलाई न्याय दिन माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।