रौतहट, ३ भदौं । युवा समाजसेवी तथा रास्वपा गौर–८, पुरेनवाका सभापति वीरेन्द्र साहले व्यक्तिगत खर्चमा असहाय तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराउदै मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन् ।
आर्थिक अभावका कारण दैनिक गुजारा चलाउन समेत कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गर्दै साहले आवश्यक खाद्यान्न सामग्री सहयोग गर्दै आएका हुन् ।
उनको सहयोगले विपन्न परिवारलाई तत्काल राहत सँगै केही समयका लागि भए पनि दैनिक जीवनयापनमा सहजता पुगेको छ ।
साहले यसअघि पनि विभिन्न व्यक्ति तथा संस्थासँग सहकार्य गर्दै आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका परिवारलाई निरन्तर सहयोग गर्दै आएको बताए । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समुदायमा रहेका समस्यामा हातेमालो गर्ने उनको सानो प्रयासले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
“राजनीतिक पद र प्रतिष्ठा भन्दा मानवीय सेवा ठूलो हो” भन्ने भावनाका साथ साह समाजसेवामा सक्रिय रहेको स्थानीय बताउँछन् । विपन्न परिवारको आवश्यकता पहिचान गरी आफ्नै स्रोतबाट सहयोग गर्ने उनको कार्यले समाजमा सहयोग र सहकार्यको संस्कार विकास गर्न प्रेरणा दिए ।
सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय युवाहरूले जनताको समस्या र आवश्यकतासँग जोडिएर काम गर्नुपर्ने सन्देश समेत साहको यो अभियानलाई निरन्तरता दिएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन