सर्लाही, ४ भदौं । सर्लाही प्रहरीले कौडेना गाउँपालिका–१ लक्ष्मीपुर स्थित एक कच्ची घरमा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा, कौडेना गाउँपालिकाको लक्ष्मीपुर स्थित बिजन पटेलको घरमा ठूलो परिमाणमा गाँजा लुकाएर राखिएको प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी टोलीले छापा मारे ।
उक्त कभ्भी घरको खानतलासीका क्रममा १५ वटा बोरामा लुकाएर राखिएको ३०० किलो गाँजा फेला परेको जनाइएको छ ।
गाँजा बरामद भएका घरका धनी पटेल फरार भएको जानकारी दिदै सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले निजको खोजतलास जारी रहेको बताए ।
पछिल्लो समय सर्लाही प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा लागुऔषध विरुद्धको अभियानलाई तीव्र बनाएको छ । विशेषगरी चुरे डाडा क्षेत्र पत्थरकोट भएर लालबन्दी, हरिवन हुँदै कौडेना लगायतका सीमावर्ती भएर भारत तर्फ हुने तस्करी कार्यलाई निष्तेज पार्न सुक्ष्म दृष्टि रोखको क्रममा उक्त गाँजा बरामद गर्न सफल भएको उनले बताए ।
प्रहरीले लागुऔषधको अवैध कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिमाथि निगरानी बढाउँदै फरार व्यक्तिको खोजी र थप अनुसन्धान जारी राखेको जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन