राजनीतिक गतिरोध अन्त्य गर्दै गरुडा नगरपालिकाले ल्यायो ८५ करोड ३७ लाखको बजेट, अब विकासले गति लिने अपेक्षा

0 Shares

ओमप्रकाश यादव
रौतहट, ५ भदौं । जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण निर्धारित समयभन्दा करिब दुई महिना ढिलो गरी रौतहटको गरुडा नगरपालिकाको १५ औ नगर अधिवेशन तथा १० औ बजेट अधिवेशन सम्पन्न भएको छ ।
लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई अन्त्य गर्दै शुक्रवार सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ८५ करोड ३७ लाख ८५ हजार ९ सय ९९ रुपैयाँ ६० पैसाको बजेट ल्याएको हो ।
गरुडा नगरपालिकाको गरुडा स्थित सभाहलमा नगरप्रमुख कन्थमनि प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा नगर उपप्रमुख पुनम कुमारी चौधरीले आर्थिक वर्ष २०८३÷०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र नगरसभामा पेस गरी असार मसान्त भित्र पारित गरिसक्नुपर्ने प्रावधान रहेको छ । तर जनप्रतिनिधि बीचको आन्तरिक विवाद तथा द्वन्द्वका कारण निर्धारित समयमै नगरसभा हुन नसक्दा बजेट निर्धारित समयमै आउन सकेको थिएन ।
प्रस्तुत बजेटमा अनुमानित आयतर्फ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १३ करोड ४५ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ११ करोड ९२ लाख ८२ हजार रुपैयाँ, सशर्त अनुदान चालुतर्फ २४ करोड ८६ लाख रुपैयाँ, सशर्त अनुदान पुँजीगततर्फ १ करोड ९१ लाख रुपैयाँ, विशेष अनुदान चालुतर्फ २ करोड १० लाख रुपैयाँ र समपूरक अनुदान पुँजीगततर्फ १ करोड ३९ लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।
त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९२ लाख ५९ हजार रुपैयाँ, सशर्त अनुदान पुँजीगततर्फ ६० लाख रुपैयाँ, विशेष अनुदान चालुतर्फ २० लाख रुपैयाँ र राजस्व बाँडफाँडबाट ८८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
नगरपालिकाले स्थानीय राजस्व बाँडफाँडबाट २ करोड १० लाख रुपैयाँ तथा आन्तरिक आयबाट १६ करोड १९ लाख ७० हजार ९ सय २ रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । सञ्चित कोषमा मौज्दात तथा अन्य शीर्षकबाट प्राप्त हुने रकम समेत समेटेर कुल बजेटको आकार ८५ करोड ३७ लाख ८५ हजार ९ सय ९९ रुपैयाँ ६० पैसाको बजेट ल्याइएको उप नगरप्रमुख चौधरीले भनिन ।
पुँजीगत भन्दा चालु खर्च झन्डै २१ करोड बढी
नगरपालिकाले अनुमानित बजेटमध्ये पुँजीगत खर्चतर्फ ३२ करोड १९ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ भने चालु खर्चतर्फ ५३ करोड १८ लाख ८१ हजार रुपैयाँ छुट्याएको छ ।
कुल बजेटको ठूलो हिस्सा चालु खर्चमा जाने देखिएको छ । विकास निर्माण तथा पूर्वाधारका क्षेत्रमा हुने पुँजीगत खर्चको तुलनामा चालु खर्चको हिस्सा उल्लेख्य बढी रहेको छ ।
नगरप्रमुख जयसवालले नगरसभाबाट नगरपालिकाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक विकास तथा नगरवासीका आवश्यकता र मागलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए ।
लामो समयसम्म बजेट नआउँदा नगरपालिका अन्तर्गतका नियमित विकास निर्माण तथा सेवा प्रवाहका काम प्रभावित हुँदै आएका थिए । ढिलै भए पनि नगरसभा सम्पन्न भई नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएपछि रोकिएका विकास तथा सेवा प्रवाहका कामले गति लिने अपेक्षा गरिएको छ ।
नगरसभामा वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्षहरु, नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, इन्जिनियर नागेन्द्र राय यादव, विभिन्न शाखाका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।