रौतहट, ७ भदौ । आकर्षक तलब, निःशुल्क भिसा र टिकटको प्रलोभन देखाउँदै क्यानाडा पठाइदिने भन्दै लाखौं रुपैयाँ असुली गरेको आरोपमा एक एजेन्टविरुद्ध ठगीको आरोप सार्वजनिक भएको छ ।
क्यानाडा जाने प्रक्रियाका लागि रकम बुझाएका पीडितहरू भिसा प्रक्रिया नै नक्कली रहेको खुलेपछि रकम फिर्ताको माग गर्दै न्यायको खोजीमा भौतारिन बाध्य भएको हो ।
महोत्तरीको मनरा सिसवा नगरपालिका–६ सरपलोका तथा नेपाल टेलिकममा अधिकृत पदमा कार्यरत रही चितवनबाट सेवानिवृत्त भउका रामछविला चौधरीले क्यानाडा पठाइदिने भन्दै आफूबाट पटक–पटक गरी २ लाख ५ हजार रुपैयाँ लिएको पीडित सोही पालिका २ भोलहीका तथा हाल गौर ८ स्थित अस्पतालमा कार्यरत सत्येन्द्र पाण्डेको आरोप छ । पाण्डेका अनुसार आफूले रकम दिएको प्रमाणका रूपमा १ लाख ७२ हजार ४ सय रुपैया सम्मको कागजात सुरक्षित रहेको बताए ।
पाण्डेका अनुसार चौधरीले सुरुवातमा ‘फ्रि भिसा, फ्रि टिकट’ भन्दै क्यानाडा पठाइदिने र प्रक्रिया पूरा गर्न करिब साढे ३ लाख रुपैयाँ खर्च लाग्ने बताएका थिए । क्यानाडामा मासिक करिब साढे ३ लाख भारतीय रुपैयाँ बराबरको आम्दानी, खानपान तथा बसोबासको खर्च कम्पनीले नै व्यहोर्ने प्रलोभन देखाएपछि आफू क्यानाडा जाने प्रक्रियामा अघि बढेको पाण्डे बताउँछन् ।
बायोमेट्रिकदेखि दिल्लीस्थित दूतावाससम्म
क्यानाडा जाने आशामा पाण्डेसहितका एक दर्जन भन्दा बढि व्यक्तिले काठमाडौं स्थित कार्यालयमार्फत आवश्यक प्रक्रिया पूरा गर्दै बायोमेट्रिक समेत गराएका थिए । त्यसपछि उनीहरू भारतको नयाँ दिल्लीस्थित क्यानाडाली दूतावास सम्म पुगे ।
पाण्डे भन्छन्ः क्यानाडा अप्लीकेशन सेन्टरमा पुगेपछि उनीसहित अन्य व्यक्तिको विवरण पहिले नै प्रणालीमा इन्ट्री भएको । तर आवश्यक कागजात बुझाएर भिसा प्रक्रियामा अघि बढ्ने क्रममा प्रस्तुत गरिएका कागजात तथा प्रक्रियालाई क्यानाडेली राजदुतावास दिल्लीले नक्कली रहेको पुष्टि गरेपछि आफूहरू ठगीमा परेको थाहा पाए ।
आफूहरू मात्र नभई करिब एक दर्जन भन्दा बढि व्यक्ति यही प्रक्रियाबाट ठगीमा परेको हुन सक्ने उनले आशंका व्यक्त गरे ।
पैसा फिर्ता माग्दा ‘धम्की’
भारतबाट नेपाल फर्किएपछि रकम असुल गर्ने एजेन्टले केही दिनभित्र पैसा फिर्ता गर्ने आश्वासन दिएको पाण्डे बताउँछन् । तर रकम फिर्ता हुनुको साटो एजेन्ट सम्पर्क विहीन भएको उनको गुनासो छ ।
पीडित पाण्डेका अनुसार आफूले सामाजिक सञ्जाल मार्फत घटनाबारे सार्वजनिक गरेपछि एजेन्टले उल्टै फोन तथा अन्य माध्यमबाट अपशब्द प्रयोग गर्दै पैसा फिर्ता नगर्ने र काठमाडौं आए कुटपिट गर्ने भन्दै धम्की दिएको आरोप छ ।
पाण्डेले आफूलाई आएको भनिएको धम्कीको अडियो रेकर्ड समेत सुरक्षित रहेको बताए । उनले एजेन्टले आफ्नो फोन नम्बर ब्लक गरेको र रकम फिर्ताका लागि सम्पर्क गर्न समेत कठिन भएको गुनासो गरे ।
‘जहाँ जान्छौ जाऊ, पैसा फिर्ता गर्दिनँ’
पीडित पाण्डेको दाबी अनुसार एजेन्टले आफूलाई ‘सीडीओ, एसपी वा नेताकहाँ गए पनि रकम फिर्ता नगर्ने’ भन्दै धम्की दिएको छ । यस्ता धम्कीका कारण आफू थप मानसिक तनावमा परेको पाण्डे बताउँछन् ।
ऋण तिर्ने सपना, उल्टै थपियो ऋणको बोझ
एलआईसी नेपाल लिमिटेडको जालझेल एवं कृत्रिम ऋणको चपेटामा परेर लाखौं लाख आर्थिक क्षति भई ऋणको भारीबाट थिचिएका पिडित पाण्डेले (मरता क्या नहि करता) भने उखान झै उनी आर्थिक समस्या समाधान गर्ने र परिवारको भविष्य सहज बनाउने आशामा आकर्षक तलबको प्रलोभनमा क्यानाडा जाने निर्णय गरे ।
तर विदेश जाने प्रक्रिया नै ठगीमा परिणत भएपछि आफूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनको भनाइ छ । छोरीको उच्च शिक्षाका लागि जम्मा गरेको रकमसमेत क्यानाडा जाने प्रक्रियाका क्रममा खर्च भएको र अहिले परिवारमा आर्थिक तथा मानसिक तनाव थपिएको पाण्डे बताउँछन् ।
‘विदेश पठाउने’ नाममा आकर्षक तलब र निःशुल्क भिसा–टिकटको प्रलोभन देखाएर रकम असुल्ने प्रवृत्तिले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरू थप जोखिममा परेको यो घटनाले देखाएको छ । पीडितहरूले घटनाको निष्पक्ष छानबिन गरी रकम असुल गराउन तथा दोषी देखिए एजेन्ट विरुद्ध कानुन अनुसार कारबाही गर्न सम्बन्धित निकायसँग उनले माग गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन