धनुषा, ८ भदौं । श्रीमतीको हत्या गरेर लामो समयदेखि फरार रहेको आरोपमा धनुषा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार यादव रहेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादवले २०८० साउन १५ गते घरमै ढुंगा प्रहार गरी श्रीमती रुबी शर्माको हत्या गरेको थियो । घटनापछि फरार रहेका यादव विरुद्ध उच्च अदालत जनकपुरधामले २०८३ जेठ २२ गते ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थिए ।
अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले यादवलाई लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित खसी बजारबाट पक्राउ गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले आज सोमवार अदालतमा यादवलाई अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन