जनज्योती बहुमुखी क्याम्पसको रजत जयन्ती भव्य रूपमा सम्पन्न

0 Shares

चन्द्रपुृर (रौतहट), ८ भदौं । रौतहटको चन्द्रनिगाहपुर स्थित जनज्योती बहुमुखी क्याम्पसको २५ औं रजत जयन्ती तथा १४ औं क्याम्पस सभा भव्य रूपमा सम्पन्न भएको छ ।
मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई ‘समीर’ को प्रमुख आतिथ्यतामा आयोजित उदघाटन समारोहमा पूर्वसंविधानसभा सदस्य देवेन्द्र पटेल, चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्ले लगायत सम्मानित व्यक्तित्वहरुको गरिमामय उपस्थितिमा रजत जयन्ती भव्य रुपमा सम्पन्न भएको हो ।
क्याम्पसको वार्षिक कार्यक्रम, प्रगति तथा आर्थिक अवस्थाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरियो । सञ्चालक समितिका अध्यक्ष सञ्जयकुमार कार्कीले सञ्चालक समितिको तर्फबाट वार्षिक कार्यक्रम तथा प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
क्याम्पस प्रमुख राजन श्रेष्ठले वर्तमान अवस्था, भौतिक पूर्वाधार, सञ्चालित तह तथा विषय लगायतका विभिन्न पक्षलाई समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार हाल जनज्योती बहुमुखी क्याम्पसमा विभिन्न तहमा गरी २ हजार ८ सय ७४ विद्यार्थी अध्ययनरत रहेका छन् ।
आर्थिक अवस्थाबारे कोषाध्यक्ष चिरञ्जीवी गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्यय तथा क्याम्पसका आर्थिक गतिविधिबारे सभालाई जानकारी गराएको थियो ।
रजत जयन्ती तथा क्याम्पस सभाको अवसरमा प्रकाशित ‘जनज्योती स्मारिका’ र ‘जनज्योती एकेडेमिक जर्नल’ को प्रमुख अतिथि अर्थमन्त्री भट्टराईले औपचारिक विमोचन गरेका थिए ।
क्याम्पसको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार विकास, आगामी कार्ययोजना तथा संस्थागत सुधारका विषयमा समेत छलफल भए । यसैबीच, क्याम्पस सभाले नयाँ सञ्चालक समिति चयनको प्रक्रिया अघि बढाएको छ । रजत जयन्ती कार्यक्रममा विभिन्न योगदान पुर्याएका विभिन्न व्यत्तित्वहरुलाई सम्मान गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।