रौतहट, ८ भदौं । रौतहट सदरमुकाम गौरको बीपी चोक स्थित युवा राईज सुधार केन्द्रमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, गौर नपा–४ स्थित उक्त सुधार केन्द्रमा सोमवार विहान ९.१० बजेको समयमा कम्पाउण्डमा रहेका हाते कलमा मोटर जडान गरिएको हुँदा हात धुने क्रममा करेन्ट लागेर तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पुर्याइएका थिए ।
भारत विहारको बेतिया जिल्ला घर भएका सुरेश रायका ३४ वर्षीय छोरा विकास रायको उपचारको क्रममा ९.५५ बजेको समयमा चिकित्सकले मृत घोषित गरेको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
मृतक राय विगत करिब ५ महिनादेखि उक्त सुधार केन्द्रमा भर्ना भई बस्दै आएका थिए । मृतकको शव हाल प्रादेशिक अस्पताल गौरमै राखिएको छ भने घटनाबारे आफन्तलाई जानकारी गराइएको उनले भने ।
प्रहरीले घटनाको प्रकृति तथा करेन्ट लाग्नुको कारणबारे थप अनुसन्धान गरिरहेको स्पष्ट पारेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन