रौतहटले गुमायो होनहार प्रशासक ओमप्रकाश यादव, अल्पायुमै निधनले शोकमा डुब्यो छतौना

0 Shares

रौतहट, ९ भदौ । रौतहटले एक होनहार, नवप्रतिभावान तथा कुशल प्रशासकलाई अल्पायुमै गुमाएको छ ।
दुर्गा भगवती गाउँपालिका–४ छतौनाका स्थायी बासिन्दा ओमप्रकाश यादवको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो ।
करिब दुई साताअघि ब्रेन स्ट्रोक भएपछि यादवलाई उपचार काठमाडौंमा भईरहेका थिए । काठमाडौं स्थित अस्पतालमा उपचाररत यादवको स्वास्थ्यमा सुधार आएपनि सोमबार साँझ करिब ७ बजे अचानक उनको निधन भएको खवरले सामाजिक संजाललाई ततायो । उपचारका क्रममा उनको दुई पटक शल्यक्रिया समेत गरिएको थियो ।
नेपाल सरकारका शाखा अधिकृत यादवले रौतहटका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । उनले दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका र परोहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै स्थानीय तहको प्रशासन सञ्चालन तथा जनसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
यादव जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति रौतहटमा समेत शाखा अधिकृतका रूपमा कार्यरत थिए । पछिल्लो समय उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयमा कार्यरत रहेका थिए ।
कर्तव्यनिष्ठ र मिलनसार प्रशासकका रूपमा परिचित यादवको निधनको खबरले दुर्गा भगवती गाउँपालिका सहित सिंगो रौतहटमा शोकको वातावरण सिर्जना भएको छ । विशेषगरी उनको स्थायी गाउँ छतौनाका स्थानीय तथा शुभेच्छुकहरू शोकमा डुबेका छन् ।
यादवको निधनले एकातर्फ राज्यले अनुभवी र ऊर्जावान प्रशासक गुमाएको छ भने अर्कोतर्फ परिवारले अल्पायुमै अभिभावक गुमाएको छ । मृतक यादवका श्रीमतीसहित दुई सन्तान छन्, जो अझै सानै उमेरका छन् । अल्पायुमै भएको उनको निधनले परिवारजन, आफन्त, सहकर्मी तथा शुभेच्छुकहरूमा गहिरो पीडा पुगेको छ ।
यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् तथा दिवंगत आत्माको चिरशान्तिको साथै मृत आत्माको बैकुण्ठ वासको कामना तराई टप अनलाईनले गर्दछ ।
यादवको सम्झनामा शोक विदा
दुर्गा भगवती गाउँपालिकाले शाखा अधिकृत ओमप्रकाश यादवको सम्झनामा आज पालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालयमा शोक विदा दिएपछि मंगलवार दिउसो १२ बजेपछि कार्यालय बन्द भएको छ । यादव यसै पालिकाको स्थायी बासिन्दा रहेको तथा पालिकामा सेवा समेत प्रवाह गरेको हुँदा उनको अल्पआयुमै भएको निधनबाट सिंगो पालिका मर्माहत एवं शोकमग्न भएको हुँदा उनको सम्झनामा आज शोक विदा दिइएको बुझिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।