रौतहट, ९ भदौ । राजनीतिक प्रतिशोध साध्न कसरी सकिन्छ सोको ज्वलन्त उदाहरण गढिमाई नगरपालिका–९ मा घटित भएको घटनाबाट बुझिन सकिन्छ ।
गढिमाई नगरपालिका–९ इनर्वा टोल निवासी राकेशकुमार साहको दुई वटा खपडाको छाना भएको घर माथि रामएकवाल यादव, संजय यादवको निर्देशनमा मानिसहरु लगाएर मंगलवार विहान छानामाथि चढेर तोडफोड गर्नुका साथ घरमा भएका बहुमूल्य बस्तुहरु लुटपाट गरेको पीडित परिवारले जनाए ।
गढिमाई नगरपालिकाको उक्त क्षेत्रमा ८० फिट चौडाई भएको सार्वजनिक बाटो रहेको छ । यदि बाटो अतिक्रमण गरेका छौं भने नगरपालिका वा वडा कार्यालयले रित पूर्वक खाली गराउन सुचना जारी गर्नुपर्ने हुन्छ तर उक्त निकायहरुबाट कुनै पहल नभएपनि राजनीतिक प्रतिशोध साध्न विपक्षहरु आफनै खर्चबाट मुख्यबाटोमा निस्किन स्थानमा पक्कि पर्खाल लगाउन सुरु गरे ।
सोको विरोध गर्दा कुनै सुनवाई नहुँदा जिल्ला अदालत गएको साउन २७ गते रौतहट जिल्ला अदालतमा अन्तरिम आदेशको लागि ६ जना पिडितले रिट दायर गरेका थिए । भदौं ४ गते अदालतबाट कुनै कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी भयो तर पनि विपक्षीहरु उक्त आदेशको उलंघन गर्दा अपहेल्ना मुद्दा दर्ता गराएपछि भदौं ५ गते बाटो म्याद बाहेक ७ दिन भित्र अदालतमा उपस्थित हुन आदेश जारी गरको पिडित साहले बताए ।
विपक्षी यादव सहितका व्यक्तिहरुले किन अदालत गईस तिमीलाई ठिक पारिदिन्छु भनेर निकै डरत्रास देखाएपनि घरमै बसे तर गएराति उनीहरु आफै बनाएको पर्खाल भत्किाएर सबै आरोप हामी माथि लगाइदिएको गुनासो गरे । उक्त कुराको जानकारी दिन इलाका प्रहरी कार्यालय गरुडामा गएर शान्ति सुरक्षाको माग गर्दा उल्टै तिमी माथि मुद्दा गछौं तिमीहरु पर्खाल भत्काएका छौं भनेर हप्काएको पिडित साहले तराई टप संग दुखेसो पोख ।
त्यही बसिरहदा विपक्षीहरु मेरो दुई वटा खपडाको छाना भएको घरमाथि चढेर लौरो र भाटा प्रयोग गरी खपडाहरु फुटालेपछि महिलाहरु डरत्रासबाट अन्य छिमेकीको घरमा शरण लिन गएपछि घरमा प्रवेश गरेर बहुमूल्य सामानहरु लुटपाट गरेको भनिरहदा पनि इप्रका गरुडाले कुनै चासो नलिएको गम्भीर गुनासो गरे ।
जिल्ला प्रहरी कार्यालय गौरमा एसपी साहेब संग भेटेर कुरा गर्दा जाहेरी दिनुस हामी कारवाही गर्छौ भनेपछि जाहेरी दिने तयारीमा जुटेको उनले भने ।
यस विषयमा रौतहट प्रहरीका एसपी सीताराम रिजालले गढीमाई नगरपालिकामा रहेका एलानी जग्गा प्रति स्थानीय सरकार ध्यान नपर्याएको तथा कानुनलाई आफनो हातमा लिई राजनीति साध्ने कसैलाई छुट नरहेको जिकिर गर्दै शान्ति सुरक्षा बहाल गरी नागरिकको जीऊ ज्यानको सुरक्षा गर्ने हाम्रो कत्र्तव्य रहेको हुँदा पीडकहरुको खोजी कार्य गरेर कसुर अनुसारको कारवाही गर्ने चेतावनी दिए ।
घर तोडफोड गर्दै गरेको केही दृष्यहरु । यिनीहरुलाई कारवाही किन न गर्ने ?
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन