एआई प्रविधिबाट तयार पारिएका साँकेतिक तस्वीर
रौतहट, १० भदौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीेपछि भएको ठूलो जनधनको क्षति पश्चात चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई तीव्र पार्न निर्देशन दिए ।
समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्ह्वालाई उद्धृत गर्दै राष्ट्रपति सीले उपलब्ध सबै स्रोतसाधनको अधिकतम प्रयोग गर्दै बेपत्ताको खोजी तथा उद्धारमा पूर्ण क्षमता लगाउन निर्देशन दिएका हुन् ।
बाढीपहिरोका कारण दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत केरुङ नाकामा ठूलो क्षति पुगेको जनाइएको छ । सीमा क्षेत्रमा रहेको चिनियाँ बन्दरगाहमा समेत बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको समाचारमा उल्लेख छ ।
बाढी पहिरोपछि प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ भने बेपत्ता व्यक्तिहरूको खोजीलाई प्राथमिकतामा राखिएको छ । राष्ट्रपति सीले उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराख्न र प्रभावित क्षेत्रका नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन