जनकपुरधाम, ११ भदौं । भोटेकोसी नदीमा आएको महा विनाशकारी बाढीबाट रसुवा, नुवाकोट लगायतका जिल्लामा भएको मानविय त्रासदी प्रति गहिरो दुःख व्यक्त गर्दै मधेश प्रदेश सरकारले बाढी प्रभावितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्ने निर्णय गरेका छन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले महाविनाशकारी बाढीको चपेटमा परेर जिउधन सहित सर्वष्य गुमाएका नागरिकहरु प्रति समवेदना प्रकट गर्नुका साथै मधेश सरकार रहेको र जोखिममा परेकालाई तत्काल उद्धार तथा समयमै राहत सामग्री पठाउने हर सम्भव प्रयास गर्ने निर्णय गरिएका हुन् ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्न मधेश प्रदेशका नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई सरकारले अपिल गरे ।
विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी तथा कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको मुख्यमन्त्री यादवको स्वकिय सचिव सन्तुप्रसाद यादवले जानकरी दिए ।
प्रदेश सरकारले विपद्को यस कठिन घडीमा सबै पक्षलाई मानवीय सहयोग र राहत अभियानमा जुट्न आह्वान गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन