रौतहट, ११ भदौ । नेपाल–चीन सीमामा विनाशकारी बाढीपछि रौतहटका विभिन्न स्थानीय तहका १२ जना अझै परिवारको सम्पर्कमा आउन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार त्रिशूली लगायत बाढी प्रभावित क्षेत्रमा काम तथा अन्य सिलसिलामा रहेका बालबालिका, महिला र पुरुषहरू बाढीपछि सम्पर्कविहीन भएका हुन् ।
गरुडा नगरपालिका–४ का ३४ वर्षीय सुधीर कुमार साह, वृन्दावन नगरपालिका–२ का ३४ वर्षीय गौरव राउत, ईशनाथ नगरपालिका–४ मठियाका २२ वर्षीय शेख मजिद अली सम्पर्कविहीन रहेको बताइएको छ ।
त्यस्तै, राजदेवी नगरपालिका–९ का श्यामकिशोर साहकी ५० वर्षीया श्रीमती संगीता देवी साह र २५ वर्षीय छोरा राहुलकुमार साह, गुजरा नगरपालिका–८ का ३७ वर्षीय हरेराम खाँ तथा गढीमाई नगरपालिका–७ धनाडीका ३५ वर्षीया मोविना खातुन, उनकी १४ वर्षीया छोरी सकिना खातुन र १० वर्षीय छोरा सलमान अन्सारी पनि परिवारको सम्पर्कमा नरहेको प्रशासनले जनाए ।
यसैगरी, चन्द्रपुर नगरपालिका–३ गैडाटारका २६ वर्षीय विवेक डवाडी (चालक) र सोही स्थानका १८ वर्षीय रणबहादुर तिमलसिना (सहचालक) पनि बाढीपछि सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय रौतहटबाट बुझिएको छ ।
उद्धार जारी, सम्पर्कमा आउन समय लाग्न सक्ने
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रशासनले जनाएको छ । प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा विद्युत् सेवामा आएको अवरोधका कारण जीवित रहेका व्यक्तिहरू पनि तत्काल परिवारको सम्पर्कमा आउन नसकेको हुन सक्ने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
उनले सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तलाई धैर्य गर्न आग्रह गरेका छन् । विपद्को संवेदनशील अवस्थामा अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न आग्रह गर्दै प्रजिअ भुसालले सरकार तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक तथ्यांकलाई मात्र आधार मान्न आग्रह समेत गरे ।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ । सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे थप विवरण प्राप्त भएपछि प्रशासनले आधिकारिक रूपमा जानकारी गराउने जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन