एआई प्रविधिको सहयोगमा तयार पारिएका साँकेतिक तस्वीर ।
सर्लाही, १३ भदौं । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा नहरको साइफनमा शुक्रवार राति भारतीय मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
गएराति ९ बजेको समयमा बरहथवा–मधुवनी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बीआर ३० एएल ३१८० नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई नहरको सडकबाट करिब साढे पाँच फिट तल पुलको साइफनमा खसेर दुर्घटना भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक बलरा नगरपालिका–६ मिर्जापुरका १७ वर्षीय अभिनाश बैठा र मोटरसाइकलको बीचमा बसेका सोही ठाउँका १८ वर्षीय रोहित बैठाको मृत्यु भएको छ ।
अभिनाशको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको छ भने रोहितको थप उपचारका लागि वीरगन्ज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
मोटरसाइकलको पछाडि सवार भारत बिहारको सीतामढी जिल्ला बथनाहा रनैउली–१० घर भई हाल बलरामा बस्दै आएका २४ वर्षीय शनिकुमार बैठा गम्भीर घाइते भए । उनको वीरगन्जमा उपचार भइरहेको उनले बताए ।
स्थानीयवासीले दुर्घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गडहीयाबाट खटिएको प्रहरी टोलीले तीनै जनाको उद्धार गरेर तत्कालै प्रादेशिक अस्पताल मलंगवा ल्याइएपनि दुई जनालाई बचाउन सकिएन ।
डीएसपी गौतमका अनुसार मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन