रौतहट, १५ भदौं । रसुवाको भोटेकोशीमा आएको महाविनाशकारी जलप्रलयको चपेटामा परेर विभिन्न स्थानमा अहिले सम्म ९०३ जनाको शव फेला परेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले सोमवार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न स्थानमा गरेर अहिले सम्म ९०३ जनाको शव फेला परेका हुन् ।
प्राधिकरणका अनुसार बाढी तथा विपद्बाट ४ हजार २२७ जना अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको जनाए ।
फेला परेका शवमध्ये पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएका छन् । विपदमा परी २६७ जना घाइते भएकोमा १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
विपद्पछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार हाल २० हजार ८१९ सुरक्षाकर्मी उद्धार तथा राहत अभियानमा खटिएको जनाएको छ ।
जसमध्ये नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी घटनास्थल तथा प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन