रौतहट, १५ भदौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको महाविनाशकारी जलप्रलयबाट पाँच जिल्लाका ४९ वटा वडा प्रभावित भएका छन् ।
जलप्रलयबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी आसपासका बस्ती तथा संरचनामा ठूलो क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएका हुन् ।
प्राधिकरणका अनुसार रसुवाका उत्तरगया, गोसाइँकुण्ड, आमाछोदिङमो र कालिका गाउँपालिकाका ११ वडा प्रभावित भएका छन् । उत्तरगया गाउँपालिकाका सबै पाँच वटै वडा बाढीको चपेटामा परेका हुन् । गोसाइँकुण्डका चार तथा आमाछोदिङमो र कालिकाका एक–एक वडा प्रभावित भएको छ ।
त्यस्तै, नुवाकोटका तारकेश्वर, किस्पाङ, विदुर र बेलकोटगढी स्थानीय तहका ११ वडा बाढीबाट प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाए ।
धादिङमा गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिकाका गरी १८ वडा प्रभावित भएको छ । गोरखाको गण्डकी गाउँपालिकाका पाँच वडा तथा तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिकाका चार वडा समेत बाढीबाट प्रभावित भएको हो ।
बाढीको व्यापक क्षतिपछि सरकारले पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन