नयाँदिल्ली, १५ भदौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरेका छन् ।
रक्षामन्त्री सिंह सोमबार नयाँदिल्ली स्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारतीय सरकार तथा जनताको तर्फबाट बाढीमा ज्यान गुमाउनेहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
भदौ १० गते आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको स्मरण गर्दै सिंहले प्राकृतिक विपत्तिको घडीमा नेपाली नागरिक सँगै भारतीय तथा अन्य विदेशी नागरिकलाई समेत प्रभावित बनाएको उल्लेख गरे ।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना र समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
‘नेपालको सुख–दुःखमा भारत सधैं साथमा’
नेपाल–भारत बीचको गहिरो सम्बन्धलाई स्मरण गर्दै रक्षामन्त्री सिंहले भारत नेपालको सुख–दुःखको साथी भएको बताए ।
उनले निकट मित्र र साझेदारका रूपमा भारत सधैं नेपालको साथमा उभिदै आएको उल्लेख गर्दै विपद्को यो कठिन घडीमा पनि नेपाली नागरिकसँग काँधमा काँध मिलाएर उभिएको स्पष्ट पारे ।
सिंहले नेपालमा जारी खोजी, उद्धार तथा पुनःस्थापनाका प्रयासमा सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको आश्वस्थ पारे ।
उनको यो अभिव्यक्तिलाई नेपालमा आएको विनाशकारी बाढीपछि भारतबाट व्यक्त गरिएको उच्चस्तरीय ऐक्यबद्धता र सहयोगको आश्वासनले नेपाल चाँडै यस्तो विपत्तिबाट बाहिर निस्कनमा मद्दत पुग्ने विश्वास गरिएको छ ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन