रौतहट, १५ भदौं । रौतहटको राजदेवी स्थित सीमावर्ती क्षेत्रबाट भारत तर्फ तस्करी भईरहेका ठूलो परिमाणमा नेपाली मदिरा भारतीय सुरक्षाकर्मीले बरामद गरेका छन् ।
सीमावर्ती क्षेत्र भएर ठूलो परिमाणमा नेपाली मदिराको खेप आईरहेको जानकारी प्राप्त हुनासाथ सीमामा तैनाथ एसएसबी र बैरगनिया प्रहरीले विहान ४ बजेको सयमा बरामद गर्न सफल भएका हुन् ।
पाँच वटा साइकलमा बोकेर सीमापार गरेर बैरगनिया तर्फ जादै गर्दा मुवारक पेट्रोल पम्प पछाडीको बस्तीमा सुरक्षाकर्मी रहेको चाल पाएपछि अध्यारोको फाइदा उठाउदै तस्करहरु फरार भए । बैरगनिया प्रहरीले बेवारिसे अवस्थामा २ हजार १२६ बोतल नेपाली मदिरा बरामद गरिएको बैरगनिया थानाले जनाए ।
बैरगनिया थानाका सहायक निरीक्षक दिनेश पासवानले सूचनाको पुष्टि गर्दै प्रहरी टोलीलाई देखेपछि तस्करहरूले साइकल घटनास्थलमै छाडेर भएको बताए ।
प्रहरीका अनुसार साइकलमा १ हजार ७६६ बोतल नेपाली देसी रिल्याक्स सौफी र ३६० बोतल नेपाली सौफी गरी २ हजार १२६ बोतल मदिरा बरामद गरेको छ ।
बरामद मदिरा र पाँचवटै साइकल नियन्त्रणमा लिएर बैरगनिया थानामा ल्याइएको प्रहरीले जनाए । फरार तस्करहरूको पहिचान तथा पक्राउका लागि प्रहरीले लगातार छापा तथा खोजी अभियान सञ्चालन गरिरहेको छ ।
सीमा क्षेत्रमा अवैध मदिरा तस्करी नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई तीव्रता दिएपछि तस्करीमा संलग्नहरूमा त्रास बढेको प्रहरीले जनाए ।
यो त राजदेवीको एउटा नाका भएर सीमापारीको अवस्था हो, यस्तै ब्रम्हपुरी, महादेवपट्टी, बन्जरहा, औरैया सहितका नाकाहरुबाट मदिराको ठूलो तस्करी हुने गरेको पाइन्छ । उक्त कार्यमा सीमा सुरक्षाको जिम्मेवारी लिएका सशस्त्र प्रहरीका विओपी सहित प्रहरी युनिटहरुको संलग्नतामा ठूलो परिमाणमा मदिरा तस्करी भईरहेको पाइन्छ । जसलाई हिजो भारतीय सुरक्षाकर्मीले बैरगनियामा बरामद गर्दा मदिरा तस्करीलाई प्रमाणित गरिदिएका छन् ।
तस्करीको माध्यमबाट सीमापारी बैरगनियामा नेपाली मदिरा बोकेको साइकल भारतीय सुरक्षाकर्मीले बरामद गरेको भिडियो । विहारमा मदिरा प्रतिबन्ध रहेको छ । बिना सुरक्षाकर्मीको सेटिंगमा कसरी यत्रो परिमाणमा मदिरा भारत तर्फ तस्करी भयो ? यसको यथार्थ छानविन नेपाली सुरक्षा अधिकारीहरुले गर्नुपर्ने देखिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन