सर्लाही, १६ भदौं । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरी सवारीसाधन तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
विद्यालय परिसरभित्र गएको बुधवार सरसफाइ गराउने क्रममा विद्यार्थीलाई गालीगलौज तथा दुव्र्यवहार गरेको विषयलाई लिएर हिजो सोमवार दिउसो विद्यार्थी र शिक्षक बीच छलफल भइरहेका बेला प्रधानाध्यापक बिरेन्द्र झामाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
कुटपिटबाट झा सामान्य घाइते भएको र उनको सवारीसाधन समेत तोडफोड गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमद्वारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख गरिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका–२ का २० वर्षीय अभिषेक कापडलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । घटनाको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि प्रहरीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको संलग्नता बारे समेत थप अनुसन्धान जारी रहेको डिएसपी गौतमले जानकारी दिए ।
प्रहरीले घटनाको वास्तविकता अनुसन्धानबाट खुल्ने जनाए । अहिले पक्राउ परेका कापडलाई हिरासतमा राखेर राजनीतिक संलग्नता एवं अन्य पक्षहरुको बिषयमा प्रहरीले सुक्ष्म दृष्टि बनाएर छानविन गरिरहेको बताइएको छ ।
स्मरणीय रहोस, उक्त विद्यालयलाई रणभुमि बनाउन कसले छात्रछात्राहरु लाई दिग्भ्रमित बनायो ? विद्यालय बाहिर बलरा बजारमा दुई वटा बोडिंग स्कुल संचालनमा रहेपनि विद्यार्थीहरुको संख्या सामुदायिक विद्यालयमा अत्याधिक रहेको हुँदा निजी विद्यालयको अवस्था राम्रो छैन त्यो पक्ष पनि हुन सक्छ ? अर्को तर्फ जातिगत रुपमा समस्यालाई बल्झाएर राजनीति चलखेल होइन भने प्रश्न समेत उब्जीएका छन् ।
शिक्षकलाई गुरु भनिन्छ तर यहाँ शिष्य र गुरु बीचको व्यवहारबाट शिक्षाको मन्दिर नभई रणभुमी भएको जस्तो महसुस गरियो । सुरक्षामा रहेका प्रहरीलाई समेत कुटपिट गरिनु तथा शिक्षक शिक्षिकालाई समेत दुव्र्यवहार गराउनुको पछाडी अन्य उद्देश्य रहेको हुन सक्ने भएको हुँदा प्रहरीले सुक्ष्म अनुसन्धान गरेर दोषिहरुलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने देखिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन