रौतहट, १७ भदौं । रसुवामा आएको विनाशकारी आकस्मिक बाढीमा परेर त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय बग्नुअघि १ हजार ६ सयभन्दा बढी विद्यार्थीको ज्यान जोगाउनमा महत्वपूर्ण भूमिका खेलेका प्रधानाध्यापक राजेन्द्र दवाडीको सूझबूझ र साहसको प्रशंसा गरिएको छ ।
बाढीको जोखिम समयमै पहिचान गरी विद्यार्थीलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेका प्रधानाध्यापक दवाडीलाई भारतीय राजदूत नवीन श्रीवास्तव सहितका प्रतिनिधिहरुले नुवाकोटको विदुरमा विशेष भेट गरी उनको साहस र समयमै गरिएको उद्धार प्रयासको प्रशंसा गरेको हो ।
दवाडीको प्रशासनीक नेतृत्वको समयमै गरिएको पहलका कारण विद्यालयमा रहेका ठूलो संख्यामा विद्यार्थीहरुलाई सुरक्षित राख्न सफल भएका थिए । विद्यालय बाढीमा बगे पनि विद्यार्थीको ज्यान जोगिनुलाई उनको सूझबूझपूर्ण निर्णयको महत्वपूर्ण उपलब्धिका लिदै उनको चौतर्फी प्रशंसा भईरहेको छ ।
भारतसँग ऐतिहासिक सम्बन्ध
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भारतसँग पुरानो र ऐतिहासिक सम्बन्ध समेत रहेको छ । सन् १९५० को दशकमा भारतको प्रारम्भिक सहयोगमा विद्यालयको निर्माण गरिएको थियो । त्रिशूली जलविद्युत् परियोजनाको निर्माणमा संलग्न एक भारतीय इन्जिनियरले विद्यालयको मूल डिजाइन तयार गरेको छ ।
त्यस्तै, हालै सन् २०२२ मा भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास कार्यक्रम’ (एचआईसीडीपी) अन्तर्गत प्राप्त अनुदानबाट विद्यालयको नयाँ भवन निर्माण गरिएको थियो ।
विद्यालय पुनर्निर्माणमा भारतको सहयोगको आश्वासन
विनाशकारी बाढीमा विद्यालय पूर्णरूपमा बगेर ठूलो क्षति भएपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानाध्यापक दवाडीलाई भविष्यमा विद्यालय पुनर्निर्माणका लागि भारत सरकारबाट पूर्ण सहयोग गर्ने आश्वासन दिए ।
संकटको समयमा भारतीय पक्षबाट गरिएको स्थलगत भेट, प्रधानाध्यापक दवाडीको साहसको सम्मान तथा विद्यालय पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धताबाट नेपाल–भारत बीचको द्विपक्षीय सम्बन्ध र जनस्तरको सहकार्यलाई थप मजबुत बनाउने सन्देश दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन