प्रधानाध्यापक कुटिएको घटनाले शिक्षक संघ आक्रोशित, ‘विद्यालयमा हिंसा स्वीकार्य छैन’

0 Shares

सर्लाही, १७ भदौं । बलरा नगरपालिका–४ स्थित श्री रामसखरी माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यालय परिसरमै विद्यार्थीबाट भएको कुटपिटका घटनाप्रति नेपाल शिक्षक संघ, मधेश प्रदेश कार्यसमितिले गम्भीर आपत्ति जनाएको छ ।
शिक्षक संघले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय जस्तो ज्ञान, संस्कार र अनुशासन सिकाउने पवित्र थलोमै शिक्षक कुटिनु गम्भीर र चिन्ताजनक घटना भएको जनाएको हो ।
शिक्षक र विद्यार्थी बीचको सम्बन्धलाई कमजोर बनाउने तथा हिंसात्मक व्यवहारलाई प्रश्रय दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने संघको भनाइ छ ।
संघले शिक्षक प्रति कुनै गुनासो वा असहमति भए हिंसाको बाटो नभई संवाद, छलफल, तर्क, प्रमाण र संस्थागत प्रक्रिया मार्फत समाधान खोज्नु पर्ने जनाए । विद्यार्थीले आफ्ना अधिकारका विषयमा प्रश्न र जिज्ञासा राख्न पाउने भए पनि अधिकारसँगै कर्तव्य, स्वतन्त्रता सँगै अनुशासन र असहमति सँगै मर्यादा आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, शिक्षक तथा विद्यालय नेतृत्वले पनि विद्यार्थीका समस्या र गुनासालाई धैर्यपूर्वक सुन्ने, उनीहरूको मनोभाव बुझ्ने तथा समस्या समाधानका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्ने शिक्षक संघले जनाए ।
‘ज्ञान र संस्कारको केन्द्रमै संवादको स्थान हिंसाले लिन थाल्यो भने भावी पुस्तालाई कस्तो समाज हस्तान्तरण गर्ने ?’ भन्दै संघले यस घटना प्रति गम्भीर आत्मसमीक्षाको आवश्यकता देखाएको छ ।
नेपाल शिक्षक संघ, मधेश प्रदेश कार्यसमितिले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्यका आधारमा आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ । साथै प्रधानाध्यापक, शिक्षक र विद्यार्थी सबैको सुरक्षा, सम्मान तथा मर्यादा सुनिश्चित गर्दै विद्यालयमा पुनः सौहार्दपूर्ण र विश्वासपूर्ण वातावरण निर्माण गर्न विद्यालय प्रशासन, स्थानीय तह, अभिभावक तथा सरोकारवाला पक्षसँग प्रदेश अध्यक्ष परशुराम यादवले अपिल गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।