नेपालको बाढीले भारतलाई पनि बढायो जोखिम संगै चिन्ताः हिमाली नदी व्यवस्थापनमा सहकार्यको खाँचो

0 Shares

नेपालमा पछिल्लो समय देखिएको विनाशकारी बाढीले नेपालसँगै भारतको सीमावर्ती क्षेत्रमा समेत गम्भीर जोखिम बढेको तथ्यलाई उजागर गरिदिएको छ ।
नेपाल र भारतले हिमालयबाट उत्पत्ति हुने दर्जनौं नदी वारे साझा रणनीति बनाउनु पर्ने देखिन्छ, नेपालमा हुने अत्यधिक वर्षा, बाढी र पहिरोको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव भारतीय भूभागमा समेत पर्ने गरेको विशेषज्ञहरू बताउन थालेको हो ।
नेपालमा ६ हजार भन्दा बढी नदी–खोला छन् । तीमध्ये अधिकांश दक्षिणतर्फ बग्दै भारत प्रवेश गरेर अन्ततः गंगा नदी प्रणालीमा मिसिन्छन् । कोसी, गण्डकी, कर्णाली र महाकाली नेपाल–भारतबीचका प्रमुख नदी प्रणालीमा पर्दछन् । त्यस्तै बागमती, कमला, राप्ती, बबई लगायतका साना नदीहरूले पनि वर्षायाममा तीव्र र अप्रत्याशित रुपमा बाढी निम्त्याउने गरेका हुन् ।
जलविज्ञहरूका अनुसार नेपालबाट भारततर्फ बग्ने प्रमुख नदीको संख्या करिब ७ देखि ९ वटा छ । भारतको केन्द्रीय जल आयोगले पनि कोसी, गण्डक, बागमती र घाघरालाई प्रमुख अन्तरदेशीय नदीका रूपमा पहिचान गरेको छ ।
बिहार सबैभन्दा बढी जोखिममा

नेपालमा हुने बाढीको सबैभन्दा ठूलो प्रभाव भारतको बिहारमा देखिने गरेको छ । उत्तर बिहारको ठूलो भूभाग बाढीको उच्च जोखिममा छ । कोसी नदीलाई त ‘बिहारको श्राप’ नै भन्ने गरिन्छ । कोसी सँगै नारायणी (गण्डक), बागमती र कमला नदीले समेत बिहारमा हरेक वर्ष बाढीको जोखिम बढाएर जनधनको क्षति पुर्याउदै आएका छन् ।
पूर्वी उत्तर प्रदेश पनि नेपालबाट आउने नदीका कारण उच्च जोखिममा छ । घाघरा, राप्ती र गण्डक नदीका कारण गोरखपुर, बहराइच, लखीमपुर खीरी र श्रावस्ती लगायतका जिल्लामा बाढीको उच्च जोखिम रहने गरेको छ ।
महाकाली–शारदा नदीका कारण उत्तराखण्ड तथा मेची र महानन्दा जस्ता नदीका कारण पश्चिम बंगालका केही क्षेत्र समेत प्रभावित हुने गरेको पाइएको छ ।
नेपालमा कति पानी पर्यो भन्ने मात्रै होइन, भारतको अवस्थाले पनि बाढीको रूप निर्धारण गर्छ !
विशेषज्ञहरूका अनुसार नेपालमा ठूलो वर्षा हुँदैमा भारतमा अनिवार्य रूपमा विनाशकारी बाढी आउँछ भन्ने हुदैन । बाढीको प्रभाव निर्धारण गर्न नेपाल र भारत दुवैतर्फका अवस्था महत्वपूर्ण हुन्छन् ।
नेपालमा परेको वर्षाको मात्रा, नदीको बहाव, भारतमा भइरहेको वर्षा, गंगाको जलस्तर, तटबन्ध तथा ब्यारेजको अवस्था, नदीको मार्ग, जल निकासी र बाढी प्रभावित क्षेत्रमा भएका सडक, रेलमार्ग तथा बस्तीले बाढीको गम्भीरता निर्धारण गर्छन् ।
अर्थात्, सीमा पार गर्ने पानीको मात्रा नेपालमा भएको वर्षासँग बढी सम्बन्धित भए पनि त्यसले भारत पुगेपछि कस्तो विनाश निम्त्याउँछ भन्ने कुरा भारतको भौगोलिक तथा पूर्वाधार अवस्थासँग पनि जोडिन्छ ।
२००८ को कोसी बाढीले दिएको ठूलो पाठ
सन् २००८ को कोसी बाढी यसको महत्वपूर्ण उदाहरण हो । नेपालमा कोसी नदीको तटबन्ध भत्किएपछि बिहारमा ठूलो जनधनको क्षति भएको थियो । तर विशेषज्ञहरूका अनुसार उक्त विपद् असाधारण रूपमा ठूलो नदी बहावका कारण मात्र भएको थिएन ।
दशकौं अघि निर्माण गरिएका तटबन्धको कमजोर अवस्था र पर्याप्त मर्मत सम्भार नहुनु विपद्को प्रमुख कारण बनेको बताइएको छ । कमजोर संरचनाबाट नदीले बाटो बनाएपछि ठूलो क्षेत्रमा पानी पस्दा वर्षौ देखि बाढी नदेखिएका क्षेत्रसमेत प्रभावित भएका थिए ।
यसले एउटा महत्वपूर्ण तथ्य देखाउँछ—बाढीको जोखिम केवल पानीको मात्रा होइन, पूर्वाधारको अवस्था र नदी व्यवस्थापनसँग पनि जोडिएको हुन्छ ।
नेपालबाट भारतलाई कति समयअघि सूचना पुग्न सक्छ ?
सामान्य मनसुनी बाढीका लागि भारतका सीमावर्ती क्षेत्रमा करिब १२ घण्टादेखि दुई दिनसम्मको पूर्वसूचना उपलब्ध गराउन सकिने जलविज्ञहरूको भनाइ छ । कोसी र गण्डकको पानी नेपालका पहाडी क्षेत्रबाट बिहारका मैदान सम्म पुग्न करिब एक दिन लाग्न सक्छ भने घाघरा नदीमा अझ बढी समय लाग्न सक्छ ।
तर चुरे क्षेत्रबाट आउने आकस्मिक बाढी भने केही घण्टामै सीमावर्ती क्षेत्रमा पुग्न सक्छ । भूस्खलन, बाँध वा तटबन्ध भत्किने तथा मलवायुक्त बाढी जस्ता घटनामा पूर्वसूचना दिने समय अझै कम हुन सक्छ ।
नेपाल र भारतले वर्षा तथा नदीको जलस्तर सम्बन्धी तथ्यांक आदानप्रदान गर्दै आएका छन् । नेपालको जल तथा मौसम विज्ञान विभागले भारतको केन्द्रीय जल आयोगलाई वर्षा र नदीको जलस्तर सम्बन्धी विवरण उपलब्ध गराउने गरेको छ ।
तर विज्ञहरूले चुरे तथा तीव्र बहाव हुने साना जलाधारमा वास्तविक समयको निगरानी पर्याप्त नभएको, दुवै देशबीच एउटै साझा बाढी पूर्वानुमान प्रणाली नरहेको तथा तटबन्धको अवस्था, नदीको मार्ग परिवर्तन र नदीमा थुप्रिने गेग्रान सम्बन्धी सूचना आदानप्रदान अझै सीमित रहेको औँल्याएका छन् ।
‘नेपालले भारततर्फ पानी छोड्यो’ भन्ने धारणा कति सही ?
विशेषज्ञहरूका अनुसार नेपालले भारततर्फ ठूलो परिमाणमा पानी छोडेर बाढी निम्त्याउँछ भन्ने धारणा पूर्णतः सही होइन ।
नेपालमा ठूलो पानी सञ्चय गरेर नियन्त्रित रूपमा छोड्न सक्ने जलाशय निकै सीमित छन् । त्यसैले सीमापार बाढीको मुख्य कारण नेपालमा भएको अत्यधिक वर्षा र त्यसबाट बढेको नदी बहाव हुने गर्छ ।
तर नेपालमा भएको वर्षाको ठूलो हिस्सा भारतका सीमावर्ती मैदानतर्फ जाने भएकाले नेपालको वर्षा भारतका लागि अत्यन्त महत्वपूर्ण जलवायवीय तथा जलविज्ञान सम्बन्धी विषय हो ।
विशेषज्ञहरूका अनुसार नेपालले गंगा नदीको औसत वार्षिक बहावमा उल्लेख्य योगदान गर्छ । त्यसैले नेपाल र भारतबीचको नदी सम्बन्धलाई ‘दोष कसको ?’ भन्ने कोणबाट भन्दा साझा नदी प्रणालीको व्यवस्थापनका रूपमा हेर्नुपर्ने आवश्यकता छ ।
नेपालको बाढी भारतका लागि किन चेतावनी हो ?
विशेषज्ञहरूका अनुसार अहिलेको मुख्य चिन्ता सामान्य बाढीभन्दा पनि हिमालयमा बढ्दै गएको अत्यधिक वर्षा, पहिरो, हिमताल फुट्ने जोखिम, हिमनदी पग्लिने क्रम र मलबेयुक्त बाढी हो ।
यस्ता घटनामा पानीसँगै ठूलो परिमाणमा ढुंगा, माटो र गेग्रान बग्ने भएकाले यसको विनाशकारी क्षमता सामान्य बाढी भन्दा धेरै हुन्छ । सन् २०२१ को उत्तराखण्डको चमोली विपद् र २०२५ मा धरालीमा देखिएको विनाशकारी बाढीले पनि हिमाली क्षेत्रमा यस्तो जोखिम बढ्दै गएको संकेत गरेका थिए ।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा तापक्रम वृद्धि, अत्यधिक वर्षाको तीव्रता तथा हिमनदी र हिमतालमा भइरहेको परिवर्तनले भविष्यमा यस्ता विपद्को जोखिम अझ बढ्न सक्ने विज्ञहरूको चेतावनी छ ।
अब नेपाल–भारतबीच साझा तयारी आवश्यक
हिमालयमा हुने विपद्को प्रभाव राजनीतिक सीमाले रोक्न सक्दैन । नेपालमा आएका बाढीको पानी भारत पुग्छ भने भारतमा बनाइएका तटबन्ध, ब्यारेज र जल निकासी संरचनाको प्रभाव नेपालका तराई क्षेत्रमा समेत परिरहेको छ ।
त्यसैले नेपाल र भारतबीच रियल टाइम वर्षा तथा नदी जलस्तर तथ्यांक आदानप्रदान, संयुक्त बाढी पूर्वानुमान प्रणाली, तटबन्धको नियमित निरीक्षण, नदीको मार्ग र गेग्रानको निगरानी तथा स्थानीय तहसम्म प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नु आवश्यक देखिएको छ ।
विशेषज्ञहरुका अनुसार नेपाल र भारतबीच बाढीको विषयमा दोषारोपण भन्दा साझा नदी प्रणालीको संयुक्त व्यवस्थापन नै दुवै देशको सुरक्षाको दीर्घकालीन समाधान हो । श्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।