सर्लाही, १८ भदौं । धनकौल गाउँपालिका–३ हरकठवाकी चार दिनदेखि बेपत्ता रहेकी १० वर्षीया बालिकाको मनुष्मारा खालामा मृत अवस्थामा शव फेला परेकी छन् ।
स्थानीय रामविनय यादवकी छोरी चाँदकुमारी यादव गत आइतबार देखि सम्पर्क विहीन थिइन् । बालिका हराएपछि परिवारका सदस्य, स्थानीयवासी र प्रहरीले संयुक्त रूपमा खोजी गरिरहेका थिए ।
खोजीका क्रममा हिजो साँझ बालिकालाई धनकौल गाउँपालिका–४ स्थित मनुष्मारा खोलामा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए ।
प्रहरीका अनुसार प्रारम्भिक रूपमा बालिका नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले बताए ।
बालिकाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टम पश्चात बालिकाको परिवारलाई शव जिम्मा लगाइएको तथा घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन