रौतहट, १८ भदौं । गत साता रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विहिवार दिउँसो १२ बजेसम्म आठ जिल्लाबाट उक्त संख्यामा अहिले सम्म शव फेला परेको हो ।
प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ वटा शव फेला परेका छन् ।
बाढी तथा डुबान प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाए । तर, ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन् ।
बाढीमा परी घाइते भएका ५ हजार १३५ जनामध्ये ३०१ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकी घाइतेको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।
विपद्बाट प्रभावित क्षेत्रमा अझै खोजी, उद्धार तथा राहत वितरणको काम जारी छ । उद्धार तथा राहत अभियानलाई तीव्र बनाउन २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाए ।
मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा खोजी अभियानलाई थप तीव्र पारिएको छ । विशेषगरी नदी किनार, बस्ती तथा बाढीले क्षति पुर्याएका संरचनामा सुरक्षाकर्मीले बेपत्ताको खोजी गरिरहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन