पोखरा, १९ भदौं । पोखरामा भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्रबार बिहान ४ः५० बजेको समयमा पोखरा महानगरपालिका–१८ स्थित गैरीचौतारा मोडमा सेदीबाट लेकसाइड तर्फ जाँदै गरेको विआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेर उक्त दुखद घटना भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक प्रसाद रिजालका अनुसार दुर्घटनामा बिहार पूर्वी चम्पारण, रक्सौलका २६ वर्षीय नवदीप कुमार यादव र पहिचान नखुलेका अर्का एक भारतीय पुरुषको मृत्यु भएको छ ।
उद्धारकर्ताले तालबाट दुवै जनालाई अचेत अवस्थामा बाहिर निकालेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।
कारमा सवार रक्सौलका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादव भने घाइते भएको छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रहरीले जनाए ।
दुर्घटनापछि तालमा डुबेको कारलाई क्रेनको सहायताले बाहिर निकालेर बैदाम वडा प्रहरी कार्यालयमा राखिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको कास्की प्रहरील्े जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन