रौतहट, २० भदौं । रसुवा, नुवाकोट जिल्लामा बाढी तथा पहिरोका कारण सडकमार्ग अवरुद्ध भएका दुर्गम क्षेत्रमा राहत सामग्री पुर्याउन त्रिशूलीमा आधुनिक चिनियाँ ड्रोन मार्फत खाद्यान्न तथा आपत्कालीन सामग्री ढुवानी कार्य सुरु गरिएको छ ।
चीन सरकारले नेपाललाई उपलब्ध गराएका चार वटा आधुनिक ड्रोनको सफल परीक्षणपछि राहत सामग्री ढुवानीमा प्रयोग गर्ने कार्य सुरु गरिएको हो ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार ड्रोनले अधिकतम १०० किलोग्राम सम्म भार बोक्न सक्छ । परीक्षणका क्रममा एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्राम सम्म राहत सामग्री सहजै ढुवानी गरेको देखियो ।
भीषण बाढी र पहिरोका कारण सडक सञ्जालमा क्षति पुगेका तथा भौगोलिक विकटताका कारण हेलिकप्टर समेत अवतरण गर्न नसक्ने स्थानमा राहत पुर्याउन ड्रोन प्रभावकारी विकल्प बन्ने अपेक्षा उनले गरे ।
परीक्षण सफल भएपछि ति ड्रोनहरू रसुवासहित बाढीबाट प्रभावित अन्य दुर्गम क्षेत्रमा समेत परिचालन गर्ने तयारी गरिएको छ । यसबाट विपद्का कारण सडक सम्पर्कविहीन भएका बस्तीमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री छिटो पुर्याउन मद्दत पुगेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन