सर्लाही, २२ भदौं । वैदेशिक रोजगारीको सिलसिलामा मौरिसस पठाइदिने ठूलो सपना देखाएर ठगिएको १२ लाख रुपैयाँ स्थानीय प्रशासनले पीडितलाई फिर्ता गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहल तथा समन्वयमा पीडितलाई ठगी भएको रकम फिर्ता गराइएका हुन् ।
ईश्वरपुर नगरपालिका–१ का राजेन्द्र महतोका छोरा राकेश महतो भन्ने नथुनी महतोले मलंगवा नगरपालिका–१० का राजकुमार रौनियार र अजय ठाकुर, ईश्वरपुर नगरपालिका–६ का पहलाद सहनी तथा ब्रह्मपुरी गाउँपालिका–६ का सन्दीप यादवलाई मौरिसस पठाइदिने भन्दै विभिन्न समयमा रकम लिएका थिए ।
लामो समय सम्म विदेश नपठाएको र लिएको रकम समेत फिर्ता नगरेपछि पीडितहरूले न्यायका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएको थियो ।
पीडितहरूको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयको पहल तथा समन्वयमा ठगिएको रकम फिर्ताको प्रक्रिया अघि बढाएको थियो । सोही क्रममा आरोपी नथुनी महतोका बुबा राजेन्द्र महतोले पीडितहरूलाई ठगी भएको १२ लाख रुपैयाँ फिर्ता गरे ।
रकम फिर्ता भएपछि वैदेशिक रोजगारीका नाममा ठगिएका पीडितलाई स्थानीय प्रशासनले रकम फिर्ता गराएर राहत मिलेको पीडितहरुले बताए ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सोझा नागरिकलाई आकर्षक तलव दिने प्रलोभन देखाएर रकम ठगि गर्ने गिरोह नै सक्रिय रहेको अवस्थामा त्यस्ता ठगि गर्ने व्यक्तिहरुबाट सजग रहनुपर्ने बताए ।
बैदेशिक रोजगारमा जानै पर्दा श्रम मन्त्रालयबाट आधिकारिकता पाएका एवं मन्त्रालयको समन्वयमा पठाइने स्थानबाट मात्रै जानुपर्ने चेतनाको विकास हुनुपर्ने सुझाव दिए ।
रकम फिर्ता कार्यक्रममा नेपाल प्रहरीका एसपी रविन्द्रनाथ पौडेल, सशस्त्र प्रहरीका एसपी अमरबहादुर खत्री सहितका स्थानीय प्रशासनको जिम्मेवार कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन