गढीमाईमा आँखा शिविरको प्रभावः ५२ जनामा मोतियाबिन्दु, ३२ जनाको सफल शल्यक्रिया

0 Shares

रौतहट, २२ भदौ । गढीमाई नगरपालिका–३ गम्हरियाका विपन्न तथा आँखाको समस्याबाट पीडित नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा शिविर प्रभावकारी बनेको छ ।
शिविरमा आँखाको परीक्षण गराएका ३२२ जनामध्ये ५२ जनामा मोतियाबिन्दु देखिएपछि शल्यक्रियाका लागि छनोट गरिएकोमा आज सोमवार ३२ जनाको सफल शल्यक्रिया गरिएको हो ।
गौर आँखा अस्पताल पुरेनवाको महाअभियान अन्तर्गत आइतबार गढीमाई नगरपालिका–३ स्थित मदरसा इस्लाहुल मुस्लिमिनमा आयोजित एकदिने निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामी मध्ये ३२ जनाको शल्यक्रिया गरिएको छ भने बाँकी बिरामीको शल्यक्रिया मंगलबार गरिने अस्पतालले जनाए ।
नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सेवा, एनआरएन कतारका सदस्य तथा समाजसेवी एवं नेपाली मुस्लिम कतार दोहाका उपाध्यक्ष शेख जिकरुल्लाहको स्थानीय संयोजन र रुइत फाउण्डेशनको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार शिविरमा परीक्षण गराएका ३२२ जनामध्ये ५२ जनाको आँखामा मोतियाबिन्दु देखिए पछि उनीहरूलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरियो ।
शल्यक्रियाका लागि छनोट भएका बिरामीलाई आज बिहानै अस्पतालबाट गएको बस मार्फत गम्हरिया गाउँबाट गौर आँखा अस्पताल पुरेनवा ल्याइएको थियो । अस्पतालमा आवश्यक परीक्षण तथा तयारीपछि ३२ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको संयोजक पाण्डेले बताए ।
बिरामीको उपचार सँगै खानपानको जिम्मेवारी पनि
शल्यक्रियाका लागि अस्पताल आएका बिरामीका लागि समाजसेवी शेख जिकरुल्लाहले खाना, नास्ता र जुसको समेत व्यवस्था गरे । उपचारका लागि आएका विपन्न तथा ग्रामीण क्षेत्रका बिरामीलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले खानपानको व्यवस्था मिलाइएको संयोजक पाण्डेले जानकारी दिए ।
आँखाको समस्या लिएर वर्षौँदेखि बसेका ग्रामीण तथा विपन्न समुदायका नागरिकले आफ्नै गाउँनजिकै सञ्चालन भएको शिविरबाट परीक्षण देखि निःशुल्क शल्यक्रिया सम्मको सेवा पाएपछि राहत महसुस गरेका छन् ।
कार्यक्रम संयोजक पाण्डेका अनुसार पछिल्लो समय नागरिकमा आँखा सम्बन्धी रोगबारे सचेतना बढ्दै गएको छ । अस्पतालले पनि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका लक्ष्ति वर्गसम्म आँखाको परीक्षण, उपचार तथा शल्यक्रिया सेवा पुर्याउने महाअभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
यस अभियानले आर्थिक अभावका कारण आँखाको उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया गराउन नसकेका नागरिकलाई ठूलो राहत दिएको छ । स्थानीयस्तरमा गरिएको यस्तो स्वास्थ्य महाअभियानले ग्रामीण क्षेत्रमा समयमै रोग पहिचान र उपचारको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान गौर आँखा अस्पतालले पुर्याउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।