जेन–जी आन्दोलनको एक वर्षः ‘अपेक्षित राजनीतिक निकास आएन, समस्या झन् जटिल बने’ कमन जेनजी

0 Shares

रौतहट, २३ भदौं । ऐतिहासिक जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा कमन जेनजी नेपालले आन्दोलनबाट अपेक्षा गरे अनुसार देशले राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ ।
संगठनले पछिल्लो एक वर्षमा परिवर्तनको अपेक्षा झन् निराशामा परिणत हुँदै गएको दाबी गरेको हो ।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार कमन जेन–जी नेपालका अध्यक्ष विकेश साहले जारी गरेको वक्तव्यमा आन्दोलनको समीक्षा गर्दै देशले अपेक्षित राजनीतिक परिवर्तनको अनुभूति गर्न नसकेको उल्लेख गरे ।
साहले ऐतिहासिक आन्दोलनको जगमा ठूलो राजनीतिक परिवर्तनको अपेक्षा गरिए पनि एक वर्ष बितिसक्दा समस्याहरू झन् जटिल बन्दै गएको बताए । उनका अनुसार परिवर्तनको प्रवाह अझै पनि ‘यथा स्थितिको दलदल’ मै अल्झिएको जानकारी दिए ।
उनले जेनजी आन्दोलनका उपलब्धिका रूपमा रवि लामिछानेको नख्खु जेलबाट रिहाइ र काठमाडौंका मेयर बालेन्द्र शाह प्रधानमन्त्री बन्नु बाहेक आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने उल्लेखनीय परिवर्तन नदेखिएको टिप्पणी गरे । वैकल्पिक नेतृत्वको दाबी गर्दै अघि आएका पात्रहरू छोटो समयमै आलोचनाको केन्द्रमा पुगेको साहले दाबी गरे ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको हत्यामा संलग्न भनिएका व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुको सट्टा वर्तमान सरकार उनीहरूसँग सहकार्यमा रमाइरहेको गम्भीर आरोप साहले लगाए । यी आरोपबारे सम्बन्धित पक्षको प्रतिक्रिया वक्तव्यमा उल्लेख गरिएको छैन ।
आन्दोलनको अग्र पंक्तिमा रहेका युवालाई सम्मान, अवसर र रोजगारी दिनुको सट्टा झूटा मुद्दा लगाएर दुःख दिने काम भइरहेको साहको आरोप छ । आन्दोलनका क्रममा घाइते भएकाहरु राज्यबाट प्रभावकारी उपचार नपाएको भन्दै उनले उनीहरू आर्थिक अभाव, मानसिक तनाव र शारीरिक पीडासँग जुध्न बाध्य भएको बताए ।
वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले जेन–जी युवाको बलिदानलाई राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाएको अनुभूति भएको साहको आरोप छ । युवाका लागि नीतिगत तथा संरचनागत सुधारका ठोस काम नगरी आन्दोलनको भावना मत्थर पार्न ‘जेनजी’ का नाममा सार्वजनिक बिदा घोषणा गर्ने जस्ता प्रतीकात्मक कदम चालिएको उनले गुनासो गरे ।
कमन जेनजी नेपालले सरकारसमक्ष आन्दोलनका बाँकी मुद्दा तत्काल सम्बोधन गर्न, आन्दोलनमा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्न, आन्दोलनकारी माथि लगाइएका भनिएका झूटा मुद्दा बिनासर्त खारेज गर्न तथा भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरे ।
संगठनले जेनजी आन्दोलनको मूल भावना र त्यस क्रममा उठाइएका मागलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।