0
Shares
रौतहट, २३ भदौं । रसुवा, नुवाकोट सहितका जिल्लामा महा विनाशकारी बाढीमा परेर ठूलो जनधनको क्षति भएपछि राज्यलाई केही राहत होस भन्ने उद्देश्यबाट रौतहटको व्यवसायी हरिनारायण साहद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैया जम्मा गरेका छन् ।
रौतहटको राजपुर नगरपालिका–६ कुडिया निवासी एवं मेयर प्रत्यासी साहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख जम्मा गरेर मानविय धर्म निर्वाह गरेका हुन् ।
हालै भोटेकोशी र त्रिशुलीमा आएका विनाशकारी जलप्रलयमा अर्वौं खवौंको क्षति भएको छ । विभिन्न दात्री मुलुकहरु नेपाललाई सहयोग गर्दै आइरहेको अवस्थामा नेपाली नागरिकहरु पनि हृदय खोलेर राज्यलाई सहयोग गर्दै आएको छ । यसैक्रममा साहले पनि योगदान गरेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन