एआई प्रविधिको सयोगमा तयार पारिएका साँकेतिक तस्वीर
रौतहट, २४ भदौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न भएको परिस्थिति बारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्च स्तरीय छलफल गरेका छन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जारी खोज तथा उद्धार, राहत वितरण, घाइतेको उपचार लगायत समग्र अवस्था बारे विस्तृत जानकारी लिन र आवश्यक निर्देशन दिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरू सँग छलफल गरेका हुन् ।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सँग छलफल गरिरहेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा बाढीपछि सञ्चालन भइरहेका खोज तथा उद्धारका काम, सुरक्षा व्यवस्थापन र प्रभावित क्षेत्रमा राहत तथा उपचारको अवस्थाबारे ब्रिफिङ लिइँदैछ ।
प्रधानमन्त्री शाहले त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ ।
भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति हुनुका साथै केही व्यक्ति अझै सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउने, प्रभावितको उद्धार तथा उपचारलाई प्राथमिकता दिने र राहत वितरणलाई व्यवस्थित गर्ने विषयमा प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूलाई आवश्यक निर्देशन दिने अपेक्षा गरिएको छ ।
तीनवटै सुरक्षा निकाय परिचालन हुने भएकाले उद्धार अभियानमा समन्वय बढाउने, प्रभावित क्षेत्रमा सुरक्षा तथा पहुँच सुनिश्चित गर्ने र सम्भावित थप जोखिम न्यूनीकरण गर्ने विषय समेत छलफलको प्रमुख एजेन्डा रहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन