वीरगञ्ज, २७ भदौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल भारत बीचको सम्बन्ध एतिहाँसिक रहेको भएपनि उक्त सम्बन्ध थप बलियो एवं सुदृढ हुँदै गएको चर्चा गरे ।
भारतीय राजदूत श्रीवास्तवको कार्यक्रम सकिन लागेको अवसरमा वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको बिदाइ एवं फेयरवेल कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका व्यत्विहरु संग भेटघाटको क्रममा उक्त चर्चा गरेका हुन् ।
आयोजित कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी रेग्मी सहित उद्योगी–व्यवसायी, सामाजिक क्षेत्रका व्यक्तित्व तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा शिवजी कलवार, माधव राजपाल, सञ्जय अग्रवाल, अशोक वैद्य तथा ममता विद्या मन्दिर (एमभीएम) कलेजका म्यानेजिङ डाइरेक्टर विश्वास प्रताप लगायत सहभागी थिए ।
उक्त कार्यक्रममा सहभागीहरूले राजदूत श्रीवास्तवसँग भेटघाट गर्दै नेपालमा उनले निर्वाह गरेको कूटनीतिक भूमिका तथा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन पुर्याएको योगदानको स्मरण गराए । सहभागीहरूले श्रीवास्तवको कार्यकालमा भएका विभिन्न भेटघाट, सहकार्य तथा द्विपक्षीय सम्बन्धसँग जोडिएका अनुभवलाई साझा गरेका थिए ।
वीरगञ्जका लागि भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले राजदूत श्रीवास्तवलाई आगामी यात्राका लागि शुभकामना व्यक्त गरे । उनले श्रीवास्तवको आगामी जिम्मेवारी सफल रहोस् भन्दै सुख, समृद्धि र निरन्तर सफलताको कामना गरे ।
कार्यक्रममा सहभागीहरूले श्रीवास्तवलाई कुशल कूटनीतिज्ञ तथा प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँसँगको भेटघाट र सहकार्य आफ्ना लागि स्मरणीय रहेको बताए ।
नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यरत रहँदा श्रीवास्तवले नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा विभिन्न क्षेत्रका सरोकारवाला बीचको सम्बन्धलाई थप सुदृढ बनाउन भूमिका निर्वाह गर्न सफल भएकोमा प्रशंसा गरियो ।
वीरगञ्जमा आयोजित बिदाइ कार्यक्रम मार्फत श्रीवास्तवको नेपालस्थित कार्यकाललाई औपचारिक रूपमा बिदाइ गरियो । कार्यक्रममा सहभागी उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूले आगामी दिनमा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धसँगै व्यापार, उद्योग तथा आर्थिक सहकार्य अझ मजबुत बन्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा संचारकर्मीहरु संग छुटै भेटघाट भारतीय राजदूत श्रीवास्तले गरे । भेटघाटको क्रममा आफनो कार्यकालमा देखेका एवं अनुभुति गरेका अनुभवलाई अगामी दिनमा काम आउने तथा नेपालको कायापलट गराउनमा नेपाली नागरिककै भुमिका सकारात्मक हुने त्यसमा पनि संचार क्षेत्रको भुमिका पूर्ण निष्ठाबान भएमा नेपालमा चाँडै विकासको रफतारले गति लिने विश्वास व्यक्त गरे ।
राजदूत श्रीवास्तव आज दिउसो काठमाडौं फर्किएको महावाणिज्य दूतावास वीरगञ्जले जनाए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन