जनकपुरधाम, २७ भदौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकट समाधानका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताए ।
जनकपुरधाममा आयोजित अग्रगामी मोर्चाको मधेस प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै साहले मोर्चा कुनै सरकार ढाल्ने उद्देश्यले नभई मुलुकलाई बहुआयामिक संकटबाट निकास दिलाउने उद्देश्यबाट गठन गरिएको स्पष्ट पारे ।
नेपाल अहिले राजनीतिक अस्थिरता सँगै आर्थिक, सामाजिक, जलवायु तथा प्राकृतिक विपत्ति सहितका गम्भीर संकटबाट गुज्रिरहेको दाबी गरे । यस्तो अवस्थामा समस्यालाई केवल सत्ता र सरकार परिवर्तनको दृष्टिकोणबाट हेरेर समाधान गर्न नसकिने उनको भनाइ थियो ।
भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको भनाइ उद्धृत गर्दै साहले भने, ‘छोटे मन से कोई बड़ा नहीं होता, टूटे मन से कोई खड़ा नहीं होता,’ उनले वर्तमान अवस्थामा संगठन र कार्यकर्ताबीचको एकता बलियो बनाउँदै कार्यकर्ताको मनोबल उच्च राख्नुपर्नेमा जोड दिए ।
नेता साहले अग्रगामी मोर्चाको मुख्य उद्देश्य देशलाई जोड्ने, संकटबाट जोगाउने, नयाँ राजनीतिक निकास दिने, विगतका उपलब्धिहरूको रक्षा गर्ने तथा जनताका थप अधिकार सुनिश्चित गर्ने रहेको बताए ।
मोर्चामा आबद्ध नेतृत्व तथा राजनीतिक शक्तिहरूले विगतमा गरेको संघर्ष र योगदानको चर्चा गर्दै साहले उनीहरु समाज तथा देशमा महत्वपूर्ण छाप छोडेको बताए । विगतमा विभिन्न विकासका मोडलहरु समेत निर्माण भएको उल्लेख गर्दै उनले त्यसबाट प्राप्त सकारात्मक अनुभवलाई वर्तमान संकट समाधानका लागि उपयोग गर्नुपर्ने धारणा राखे ।
सरकारको कामकारबाही बारे टिप्पणी गर्दै साहले अग्रगामी मोर्चा सरकार ढाल्ने राजनीतिक खेलका लागि निर्माण नगरिएको दोहोर्याए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरू सरकार ढाल्ने खेलमा सक्रिय रहेको आरोप साहले लगाए । सत्ता केन्द्रित राजनीतिक गतिविधिले मुलुकका वास्तविक समस्या समाधान गर्न नसक्ने उनको दाबी थियो ।
आगामी दिनमा संगठनलाई थप सुदृढ गर्दै देशभर कार्यकर्ता तथा जनताबीच सम्बन्ध विस्तार गर्ने अभियान सञ्चालन गरिने साहले बताए । अग्रगामी मोर्चालाई प्रभावकारी बनाउन विचार, संगठन र संघर्षको तयारीलाई एकसाथ अघि बढाउनुपर्ने उनको जोड दिए ।
कार्यकर्ता भेला तथा प्रशिक्षण मार्फत मधेस प्रदेशमा संगठन विस्तार, कार्यकर्ताको क्षमता अभिवृद्धि तथा आगामी राजनीतिक संघर्षका लागि आवश्यक तयारीलाई तीव्रता दिइने साहले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन