एआई को सहयोगमा तयार पारिएका साँकेतिक तस्वीर ।
रौतहट, २९ भदौं । रौतहटको राष्ट्रिय वन क्षेत्रमा पर्ने खोलाको पानीमा बगाएर काठ चोरी तस्करीको नयाँ शैलीबाट भईरहेको रहस्य सार्वजनिक भएको छ ।
वनबाट अवैध रूपमा काटिएको काठ सडक मार्फत मात्र नभई खोलाको पानीमै बगाएर तस्करीको नयाँ शैलीको रहस्य सार्वजनिक भएको हो ।
डिभिजन वन कार्यालय, चन्द्रनिगाहपुरको टोलीले लालबकैया खोलाको धारबाट बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ बरामद गरेपछि काठ तस्करीको नयाँ शैलीको रहस्य खुलेका छन् ।
जंगलसहिया सब–डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा पर्ने बकैया खोलाको गर्जा पुलभन्दा करिब २०० मिटर उत्तर माथिल्लो भागबाट सोमबार बिहान करिब २ बजेको समयमा वन गस्ती टोलीले उक्त काठ बरामद गरेको बताइएका हुन् ।
विशेष सूचनाका आधारमा वन कर्मचारी तथा सुरक्षाकर्मी सम्मिलित टोली रातको समयमा खोलामा निगरानी राखेको अवस्थामा पानीमा बगाएर ल्याइएको काठ फेला परेका थिए । वन अधिकृत अनिलकुमार महतो, विनोद जेठरा र शेरबहादुर बुढा सम्मिलित संयुक्त गस्ती टोलीले खोलामा काठ देखेपछि नियन्त्रणमा लिए ।
काठ बरामद भएपछि थप सहयोगका लागि जंगलसहिया सब–डिभिजन वन कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरी सहितको संयुक्त टोली समेत घटनास्थल पुगेको बताइएको छ । वन कार्यालयका अनुसार बरामद काठमा सालको चार थान गोलिया र एक थान चौपाटा रहेको छ । पाँच थान काठको कुल परिमाण २७.४७ क्युबिक फिट रहेको सो कार्यालयले जनाए ।
वन टोलीको उपस्थिति रहेको चाल पाएपछि काठ तस्करीमा संलग्न व्यक्तिहरू भने काठ त्यही छाडेर फरार भएका थिए । खोलाको पानीमै काठ बगाएर ल्याइएको घटनाले अवैध रूपमा कटान गरिएको वन पैदावार ओसारपसार गर्न तस्करहरूले नयाँ र जोखिमपूर्ण बाटो प्रयोग गर्न थालेपछि वन कर्मचारीलाई चोरी निकासी नियन्त्रण गर्न चुनौती देखिएको छ । बरामद काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी वन कार्यालयको नियन्त्रणमा राखिएको तथा काठ तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान एवं खोजी जारी रहेको डिभिजन वन कार्यालयले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन