रौतहट, ३० भदौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी पहिरोमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागका अनुसार कैलाश मानसरोवर यात्रा तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका पर्यटकहरू विनाशकारी बाढी पहिरो पछि सम्पर्कविहीन रहेका हुन् ।
बेपत्ता विदेशी नागरिकहरु मध्ये २६९ पुरुष, ३२९ महिला र ९ जनाको लिंग नखुलेको पर्यटन विभागले जनाए । सबैभन्दा धेरै भारतका १८९ जना बेपत्ता भएको जनाइएको छ । यसपछि क्रमशः अमेरिका ६५, मलेसिया ५५, युक्रेन ५४, चीन ३७, अष्ट्रेलिया ३३, लाटभिया ३३, बेलायत ३२ र क्यानडाका ३० जना रहेका छन् ।
बाढी पहिरोमा आन्तरिक १८८ पर्यटक समेत बेपत्ता भए । उनीहरूमा १६१ पुरुष र २७ महिला छन् । कैलाश मानसरोवर तथा गोसाइँकुण्ड भ्रमणमा गएका नेपाली तथा विदेशी पर्यटकका सहयोगी समेत बेपत्ता भएको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख रहेको छ ।
विभागका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरियो । उद्धार हुनेमा २५८ पुरुष र ५२ महिला रहेको जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन