सीमापारी बैरगनियामा एमाले निकट बौद्धिक परिषद्का अध्यक्ष अनिल झामाथि सांघातिक आक्रमण, सीमापारी घटना हुन दुखद, दुबै देशमा उजुरी दर्ता

0 Shares

तस्करहरुको समुहले सीमापारी बैगनियामा पत्रकार अनिलकुमार झा माथि आक्रमण गरी लुगा च्यातेर दुव्यवहार गरेको तस्वीर र भिडियो सामाजिक संजालमा भाईरल भएपछि उक्त भिडियोबाट क्रोप गरिएको तस्वीर हो ।
रौतहट, ३० भदौं । सीमापारी बैरगनियामा काम विशेषले गएको अवस्थामा नेकपा (एमाले) निकट नेपाल बौद्धिक परिषद् रौतहट तथा मधेश प्रदेशका अध्यक्ष अनिल झा माथि तस्कर समुहले साँघातिक आक्रमण गरेको गम्भीर आरोप लागेका छन् ।
सोमबार बिहान करिब १० बजेको समयमा काम विशेषले बैरगनिया जाने क्रममा सीमा पार गरेपछि केही तस्कर समुहले मोटरसाइकलबाट गईरहेको अवस्थामा झा माथि साँघातिक आक्रमण गर्दै कुटपिट तथा दुव्र्यवहार गरेको गम्भीर आरोप लागेका हुन् ।
उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल बौद्धिक परिषद् रौतहटले आक्रमणको घोर भत्र्सना गरेको छ । परिषद्का जिल्ला कार्यसमिति सचिव महम्मद अतिउल्लाहले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर निष्पक्ष छानबिन तथा कानुन बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकाय सँग माग गरे ।
पत्रकार समेत रहेका आफ्ना जिल्ला अध्यक्ष झामाथि भएको घटनालाई गम्भीर रूपमा लिएको परिषद्ले आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने नेपाली नागरिकमाथि कुटपिट तथा दुव्र्यवहारका घटना दोहोरिनुले नागरिकको सुरक्षा र सहज आवागमन माथि प्रश्न उठेको परिषद्को ठकर छ ।
किन भयो झा माथि साँघातिक आक्रमण ?
गत साता गौर नगरपालिका–५ स्थित एक किराना पसल छेउमा रहेका गोदाममा सशस्त्र प्रहरीले छापा मारेर ५० हजार भन्दा बढिको चिनी सहितको सामानहरु नियन्त्रणमा लिएको विषयलाई लिएर संचारकर्मी समेत रहेका झा माथि साँघातिक आक्रमण भएको आशंका गरिएको छ ।
झाले नै फोन गरेर छापा मार्न लगाएको विषयमा केही दिन अघि उद्योग वाणिज्य संघका रौतहट अध्यक्ष रबीन्द्रनाथ गोपालीको रोहवरमा छलफल भएर कुरा सकिएको भएपनि नियोजित रुपमा गौर ५ का सुरेन्द्र गुप्ता र निजका छोरा सहितका तस्करहरुले सीमापारी ज्यान मार्ने उद्देश्यबाट साँघातिक आँक्रमण गरेको पीडित झाले बताए ।
सुरेन्द्र र उसको छोरा सहित केही अज्ञात व्यक्तिहरुको विरुद्ध सीमापारी बैरगनिया थानामा एफआईआर लेखाएको र जिल्ला प्रहरी कार्यालय गौरमा समेत उजुरी दिएको पीडित झाले तराई टप संग भने ।
सशस्त्र प्रहरीद्वारा छापा मारेर सामान लगेपछि व्यापारीहरु कसले छापा मार्न लगाएको कुरा पत्ता लगाउदै जाँदा सशस्त्र प्रहरीबाट नै झाको नाम आउट गरेपछि आक्रमण गरिएको श्रोतले बतायो । यसरी सशस्त्र प्रहरीलाई सूचना दिने माथि आक्रमण हुनु निकै दुखद विषय भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।