सिरहा, ३१ भदौं । विरामीहरुलाई एक स्थानबाट अर्को स्थानमा लैजाने कार्यको लागि गुड्ने एम्बुलेन्स अचेल लागु औषध ओसार पसारमा प्रयोग भईरहेको प्रमाणित भएको छ ।
सिरहा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा सहित नियन्त्रणमा लिएपछि उक्त कार्य प्रमाणित भएको हो ।
सिरहा प्रहरीले ज १ च १२१३ नम्बरको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद गरेको घटना सार्वजनिक भएपछि एम्बुलेन्स बदनाम भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजेको समयमा चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको उक्त नम्वरको एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक सुनिल चौरसियाको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरीले एम्बुलेन्सलाई पछ्याउने क्रममा चालकले प्रहरीको निगरानी थाहा पाएपछि चोहर्वादेखि सिरहासम्म राखिएका तीनवटा प्रहरी ब्यारिकेटलाई तोडेर भागेको जनाए ।
प्रहरीले थप टोली परिचालन गरेर एम्बुलेन्सको पछ्याउने क्रम जारी राखे । त्यसैक्रममा चालकले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा एम्बुलेन्स छाडेर फरार हुन सफल भएको प्रहरी श्रोतबाट बुझिएको छ ।
चालक फरार भएपछि प्रहरीले एम्बुलेन्सलाई नियन्त्रणमा लिएर चेक जाँच गर्दा पाँचवटा बोरा फेला पारे । बोरा भित्र रहेका पदार्थलाई तौल गर्दा १०५ किलो गाँजा रहेको सिरहा प्रहरीले बताए ।
बरामद गाँजा र एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको छ । प्रहरीले फरार चालकको पहिचान तथा खोजतलास तीव्र पारेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन