रौतहट, ४ असोज । आपसी मतभेद एवं विवाद चुलिदै गएपछि गणपुरक संख्या नपुग्दा फतुवा विजयपुर नगरपालिकामा बोलाइएको नगर सभा स्थगित भएका छन् ।
शनिबार साँझ विजयपुर माध्यमिक विद्यालयमा बोलाइएको नगर सभामा आपसी विवादको कारण पर्याप्त जनप्रतिनिधिहरु उपस्थित नभएपछि स्थगित भएका हुन् ।
६० सदस्यीय नगरसभाका लागि कम्तीमा ३१ जना सदस्य उपस्थित हुनु पर्नेमा करिब २५ जना मात्रै सहभागी भएका थिए । आवश्यक संख्या नपुगेपछि नगरसभा स्थगित गरिएको नगरपालिकाले जनाए ।
कार्यवाहक नगर प्रमुख अम्बेया खातुन पक्षले निलम्बित नगर प्रमुख गोपाल राय यादव निकट जनप्रतिनिधिहरू सहभागी नभएका कारण गणपूरक संख्या नपुगेको दाबी गरे । यता यादव पक्षले भने नगरपालिकाको पछिल्लो कार्यशैली प्रति असन्तुष्टि जनाउँदै पारदर्शी वातावरण नबने सम्म नगरसभामा सहभागी नहुने अडान राख्दै आएको बताए ।
यादव पक्षका जनप्रतिनिधिहरूले नगरपालिकामा अनियमितता भएको आरोप लगाउँदै छानबिनको मागसमेत गर्दै आएका छन् । कार्यवाहक नगर प्रमुख खातुन पक्षले भने नगरपालिका सञ्चालनका नियमित काम, बजेट तथा विकास योजनालाई अघि बढाउन नगरसभा अपरिहार्य रहेको बताउँदै आएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन