सप्तरी, ४ असोज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट प्रहरीले करिब २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले आईतवार बिहान स्थानीय भोला सदा र मङ्गल मुखियाको घरमा खान तलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको हो ।
प्रहरीका केन्द्रीय समाचार कक्षका अनुसार सदाको घरबाट ५६ पोका र मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजा बरामद गरिएको छ । बरामद गरिएको गाँजा २० क्विन्टल रहेको छ ।
गाँजा बरामद भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । गाँजा कहाँबाट ल्याइएको र यसको कारोबारमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
स्मरणीय रहोस, तराई मधेशका सीमावर्ती जिल्लाहरुमा कहाँबाट यत्रो परिमाणमा गाँजा आउँछन् । के गाँजाको व्यवसायी खेती पहाडी जिल्लामा भईरहेको त छैन ।
यदी भईरहेको छ भने कतै सेटिङमा सबै खेल संचालन भईरहेको हो ? पहाडमा गाँजा खेती भएपनि सीमापारी भारत तर्फ पठाउन ल्याइएको समयमा कुरा नममिलेपछि बरामदको नाटक मंचन गरी यो भन्दा ठूलो परिमाणमा गाँजा तस्करी गराउने खेल भईरहेको त छैन । यसको गहन अनुसन्धान एवं छानविन हुनुपर्ने नितान्त आवश्यक रहेको विज्ञहरु बताउँछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन