रौतहट, ६ असोज । बालबालिकालाई विभिन्न प्रलोभन देखाई उनीहरू हातमा लगाएको चाँदीको बाला निकाल्ने गरेको आरोपमा रौतहट प्रहरीले सर्लाहीका एक जनालाई पक्राउ गरेको छ।
सर्लाहीको मलंगवा नगरपालिका–३ का ४४ वर्षीय दिनेश साहले दुर्गा भगवती गाउँपालिका–३, मत्सरीमा एक्लै रहेका बालबालिकालाई विभिन्न प्रलोभन देखाएर चाँदीका बाला निकालेको आरोपमा इलाका प्रहरी कार्यालय गंगा पिपराले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान स्थानीय राजेश पण्डितका ७ वर्षीय छोरा गुडु पण्डितलाई प्रलोभन देखाएर उनको हातमा लगाएको चाँदीको बाला निकाल्ने क्रममा साहलाई नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाए।
साहलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा साह दुई दिनअघि मत्सरी निवासी शंकर झाको घरमा भएको चोरी तथा लुटपाटको घटनामा समेत संलग्न रहेको बुझिएको छ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन