एआईबाट तयार पारिएको साँकेतिक तस्वीर
रौतहट, ९ असोज । गौर–चन्द्रपुर सडकखण्ड बसन्तपुरमा विहिवार राति अज्ञात मोटरसाइकलको ठक्करबाट ६५ बर्षीय स्थानीयको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा गएराति पैदल हिडिरहेका वृद्ध सीताराम चौधरीलाई नम्वर नखुलेको मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाईते भएका थिए ।
गम्भीर घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाए ।
चौधरीलाई ठक्कर दिएपछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भए । दुर्घटनामा संलग्न मोटरसाइकल तथा चालकको पहिचान अहिलेसम्म खुल्न नसकेको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट बुझिएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी सत्यनारायण थापाले दुर्घटनामा संलग्न मोटरसाइकलको पहिचान गर्ने प्रयास भइरहेको छ ।
यसैबीच, दुर्घटनापछि फरार मोटरसाइकलको पहिचान गर्नमा चन्द्रपुर नगरपालिका स्थित विभिन्न स्थानमा जडान गरेका सीसी क्यामेराको फुटेज हेर्ने कार्य भईरहे तापनि उक्त सिसि क्यामेरा प्रभावकारी रूपमा सञ्चालनमा नरहेको विषयले सुरक्षा चुनौती थपिएको स्थानीयहरु चिन्तीत बनेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन