रौतहट, ९ असोज । जापानमा जारी २० औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तान माथि शानदार जित हात पारेको छ ।
आइची स्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै क्वाटर फाइनलको नजिक पुगेको हो ।
अफगानिस्तानले दिएको १०३ रनको सामान्य लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्याे । नेपालको जितमा सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । कप्तान रोहित पौडेलले अविजित ३३ रन तथा दीपेन्द्रसिंह ऐरीले १५ रन जोड्दै टोलीलाई जितसम्म पुर्याए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो । अफगानिस्तानका लागि फेसल शिनोजादाले ३३, नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाएका थिए ।
नेपाली बलरले सुरुदेखि नै अफगानिस्तानमाथि दबाब कायम राखेका थिए । कुशल भुर्तेलले ४ विकेट तथा ललित राजवंशीले ३ विकेट लिएपछि अफगानिस्तान ठूलो स्कोर बनाउनबाट रोकिएको थियो ।
नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरिसकेको छ ।
नेपालले अब शनिबार आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंका मध्ये एक टोली सँग प्रतिस्पर्धा गर्ने छ ।
अफगानिस्तान माथिको जितसँगै नेपालले प्रतियोगितामा आफ्नो दाबेदारी बलियो प्रस्तुत गर्दै विश्वको ध्यान पुनः एक पटक आफू तर्फ केन्दित गर्न सफल भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन