यातायात कार्यालय गौरका गाडीेको चरम दुरुपयोगः विचौलियाले चलाएको गाडीबाट चार जना घाइते, कारवाही कसले गर्ने गम्भीर प्रश्न ?

0 Shares

असोज १ गते बिहान साढे ८ बजेको समयमा विश्वकर्मा पूजाको दिन गौर नगरपालिका–७ र ९ को केन्द्र बिन्दुमा रहेको ट्रायल सेन्टर नजिक यातायात कार्यालयको मधेश प्रदेश ०५–००१ झ ०००२ नम्बरको सरकारी गाडीको ठक्करबाट घाइते भएका पिडितहरु ।

रौतहट, ९ असोज । सरकारी सवारीसाधनको चरम दुरुपयोग गर्दै उक्त गाडीबाट ठोक्किएर घाइते भएका हुरु साता दिन भन्दा बढि समय वितिसक्दा पनि कारवाही कसले गर्ने यतिखेर गम्भीर प्रश्न उठेको छ ।
यातायात कार्यालय गौर रौतहटको सरकारी गाडीको ठक्करबाट आफूहरू घाइते भएको आरोप लगाउँदै चार युवाले घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कानुनी कारबाही तथा उपचार खर्च र उचित क्षतिपूर्तिको माग गरेको हो ।
पीडितहरूका अनुसार गत असोज १ गते बिहान साढे ८ बजेको समयमा विश्वकर्मा पूजाको दिन गौर नगरपालिका–७ र ९ को केन्द्र बिन्दुमा रहेको ट्रायल सेन्टर नजिक यातायात कार्यालयको मधेश प्रदेश ०५–००१ झ ०००२ नम्बरको सरकारी गाडी दुर्घटना भएका थिए ।
दुर्घटनामा युवराज सिंह क्षेत्री, अजित राय, राजु पासवान र सुजित दास घाइते भएको पीडितहरूले बताए । पीडितहरुले उक्त सरकारी गाडीमा कार्यालय प्रमुख समेत सवार थिए भने राजकुमार पण्डितले सो गाडी चलाएका थिए । पण्डितलाई पीडितहरूले विचौलिया÷दलालको रूपमा उल्लेख गर्दै सरकारी गाडी चलाउने उनको कानुनी हैसियत बारे समेत प्रश्न उठाए । दुर्घटनापछि घाइते चारै जनालाई उपचारका लागि गौर स्थित प्रादेशिक अस्पताल लगिएको पीडित परिवारले जनाए । उनीहरूका अनुसार उपचारका क्रममा दुई जनाको घाउमा ६ देखि ८ वटासम्म टाँका लगाइएको थियो भने अन्य घाइतेलाई आवश्यक उपचार पछि घर फर्किएका थिए ।
उपचार खर्च र क्षतिपूर्तिको जिम्मेवारी कसले लिने ?

दुर्घटनापछि उपचार खर्च तथा अन्य विषय आपसी समझदारीबाट समाधान हुने अपेक्षा आफूहरूले गरेको पीडितहरूको भनाइ छ । तर, हालसम्म सम्बन्धित कार्यालय प्रमुख तथा चालक भनिएका व्यक्तिबाट आफ्नो स्वास्थ्य अवस्था र उपचारका विषयमा आवश्यक पहल तथा सम्पर्क समेत नगरेको उनीहरुको आरोप छ ।
न्यायको माग गर्दै पीडितहरूले असोज ६ गते जिल्ला प्रहरी कार्यालय, रौतहटमा लिखित निवेदन दिएको बताए । घटनापछि सरकारी सवारीसाधनको प्रयोग र दुर्घटनाको जिम्मेवारीसँग जोडिएका प्रश्नहरू अहिले चर्चा चुलिएका छन् ।
सरकारी गाडी कसको जिम्मेवारीमा थियो ? चालकको कानुनी हैसियत के थियो ? सरकारी सवारीसाधन कुन प्रयोजनका लागि प्रयोग भइरहेको थियो ? दुर्घटना कसरी र कसको कारणले भयो ? घाइते चार जना युवाको उपचार खर्च तथा क्षतिपूर्तिको जिम्मेवारी कसले लिने ?
यी प्रश्नको जवाफ प्रहरी अनुसन्धान, घटनास्थलको प्रमाण, सवारी साधन सम्बन्धी अभिलेख तथा सम्बन्धित पक्षको आधिकारिक बयानबाट स्पष्ट हुनुपर्ने देखिन्छ ।
यस विषयमा यातायात कार्यालय गौरका कार्यालय प्रमुख राजकिशोर साह संग ९८५५०४७९०६ कार्यालयको आधिकारिक नम्वरमा सम्पर्क गरिदा मोवाइलको स्वीच अफ रहेको कारण आधिकारीक धारणा आउन सकेको छैन ।
सवारी दुर्घटनामा सरकारी वा निजी किन नहोस घटना स्थलको प्रक्रियागत रुपमा कारवाही प्रक्रिया अघि बढाउनुपर्नेमा त्यसो नभई घटना प्रति कुनै वास्ता नगरी चुप लागेपछि पिडितहरु बाध्य भएर तराई टप संग आफनो पिडा राखेर समाचार प्रकाशमा ल्याइदिन आग्रह समेत गरे ।
दुर्घटना पछि चालकले बनाए टिकटक
दुर्घटना भएपछि चालक पण्डितले भिडियो बनाएर टिकटक बनाएर सार्वजनिक गर्दा समेत प्रहरीले उक्त घटना प्रति गम्भीर रुपमा किन लिएन होला ? प्रश्न उठ्नु स्वभाविकै हो । आशा गरौं अहिले पनि ति कथित चालकलाई नियन्त्रणमा लिएर सवारी ऐन अनुसार कारवाही होला आउने समयले देखाउने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।