“बजेट देखि पर्यटन सम्म सहकार्यः मधेश र कोशी प्रदेशबीच पाँच वर्षे आर्थिक समझदारी पत्रमा हस्ताक्षर”

0 Shares

जनकपुरधाम, १० असोज । मधेश र कोशी सरकारबीच आर्थिक सहकार्यको नयाँ समझदारी, बजेट देखि रोजगारी तथा पर्यटन सम्म संयुक्त रुपमा सहकार्य गरेर अघि बढ्ने विषयमा सहमती भएको छ ।
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबीच आर्थिक तथा वित्तीय क्षेत्रमा सहकार्य र समन्वय विस्तार गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालको संविधानले अंगीकार गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त अनुसार दुई प्रदेशबीच साझा चासो, सरोकार र हितका विषयमा सूचना आदान–प्रदान, परामर्श, अनुभव आदान–प्रदान तथा संयुक्त कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको बताइएको छ ।
समझदारी पत्रमा मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई र कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिदुर कुमार लिङ्थेपले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । समझदारीपत्र अनुसार दुई प्रदेशबीच बजेट निर्माण, राजस्व प्रशासन, सार्वजनिक वित्तीय व्यवस्थापन, वित्तीय संघीयता, रोजगारी, उद्यमशीलता, पर्यटन तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सहकार्य गरिने अर्थमन्त्री भट्टराईको प्रेस सल्हाकार डिल्लीबहादुर कार्कीले जानकारी दिए ।
समझदारीको प्रमुख उद्देश्य आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण अघि नियमित पूर्व–बजेट परामर्श तथा छलफल गर्ने रहेको छ । दुवै प्रदेशले बजेट तर्जुमा, राजस्व प्रशासन र सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा साझा रणनीति विकास गरी कार्यान्वयन गर्ने उनले भने ।
समान प्रकृतिका कार्यक्रम सञ्चालन गर्दा हुने दोहोरो खर्च घटाउँदै उपलब्ध स्रोत तथा साधनको अधिकतम उपयोग गर्ने तथा संयुक्त अध्ययन, अनुसन्धान, कार्यशाला र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने समझदारी भए । त्यस्तै, दुवै प्रदेशले आफ्ना आर्थिक सम्भावना, विशिष्टता र सामथ्र्यलाई एकअर्काका लागि पूरक बनाउँदै प्रादेशिक आर्थिक अभिवृद्धिमा सहयोग गर्ने छन् ।
युवाको सहभागिता बढाउने, स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धन गर्ने र साना तथा मझौला उद्योग तथा निजी क्षेत्रको लगानी विस्तार गर्ने कार्यक्रम समेत संयुक्त रूपमा सञ्चालन गर्ने योजना बनाइएका हुन् ।
राजस्व र वित्तीय संघीयतामा पनि सहकार्य
समझदारी अनुसार राजस्व सम्भाव्यता अध्ययन, राजस्व सुधार कार्ययोजना निर्माण तथा स्थानीय तहको राजस्व प्रशासन सुदृढीकरणमा दुवै प्रदेशले समन्वय गर्नेछन् ।
आर्थिक ऐन तथा सार्वजनिक वित्तसँग सम्बन्धित कानुनी र नीतिगत विषयमा सामञ्जस्यता कायम गर्ने, वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट तथा प्रदेश–स्थानीय तहबीचको वित्तीय सम्बन्ध बारे संयुक्त अध्ययन र अनुसन्धान गर्ने व्यवस्था गरिएको छ ।
डिजिटल सार्वजनिक प्रविधिको प्रयोग, तालिम तथा तथ्यांक र सूचना आदान–प्रदानमा समेत सहकार्य गरिने छ । यस क्रममा तथ्यांकको गोपनीयता र सुरक्षा मापदण्डलाई प्राथमिकता दिने समझदारी भयो ।
दुवै प्रदेशको साझा सरोकारका धार्मिक तथा पर्यटकीय संरचना विकास गरी त्यसबाट प्राप्त हुने राजस्व बाँडफाँटको ढाँचा तयार गर्ने विषय समेत समझदारीपत्रमा समेटिएको छ ।
रोजगारी देखि लिएर विपद् व्यवस्थापन सम्म संयुक्त कार्यक्रम
मधेश र कोशीले रोजगारी, नवप्रवर्तन, उद्यमशीलता, साना तथा मझौला उद्योग र निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि साझा कार्यक्रम सञ्चालन गर्ने रणनीति बनाइयो ।
कर्मचारीको क्षमता विकासका लागि संयुक्त तालिम तथा अभिमुखीकरण सञ्चालन गर्ने र बाढी, पहिरो तथा डुबान जस्ता विपद् व्यवस्थापनमा एक अर्काको अनुभव र सिकाइ आदान–प्रदान गर्ने व्यवस्था गरिएको छ । आवश्यक पर्दा आपतकालीन समन्वय समेत गर्ने समझदारी भयो ।
वित्तीय संघीयता, राजस्व परिचालन र प्रादेशिक अर्थतन्त्रका विषयमा युवा तथा अन्य सरोकारवाला सँग संवाद र अन्तरक्रिया सञ्चालन गर्न साझा मापदण्ड बनाइनेछ ।
दुई तहको संयन्त्र, वार्षिक मन्त्रीस्तरीय सम्मेलन
सहकार्यलाई संस्थागत र परिणाममुखी बनाउन उच्चस्तरीय मार्गदर्शक समिति र प्राविधिक तथा कार्यान्वयन समिति गठन गरिने भएको छ ।
उच्चस्तरीय मार्गदर्शक समितिमा दुवै प्रदेशका अर्थ तथा आर्थिक मामिला मन्त्री, प्रदेश नीति आयोगका उपाध्यक्ष र सम्बन्धित मन्त्रालयका सचिव रहने व्यवस्था गरिएको छ । समितिको बैठक वर्षमा कम्तीमा एक पटक पालैपालो आयोजना गर्ने सहमती भए ।
यस्तै प्राविधिक तथा कार्यान्वयन समितिमा दुवै प्रदेशका सम्बन्धित मन्त्रालयका सचिव तथा बजेट, राजस्व र प्रशासन हेर्ने महाशाखा प्रमुख रहने व्यवस्था गरिएको छ । समितिको बैठक वर्षमा कम्तीमा दुई पटक वा आवश्यकता अनुसार बस्नेछ ।
दुवै प्रदेशका अर्थ तथा आर्थिक मामिला मन्त्रीहरूको वार्षिक उच्चस्तरीय सम्मेलन पालैपालो आयोजना गरी नीतिगत विषयको समीक्षा गर्ने व्यवस्था पनि समझदारीपत्रमा गरिएको छ ।
संयुक्त कार्यक्रमको खर्च ५०–५० प्रतिशत
संयुक्त रूपमा सञ्चालन गरिने कार्यशाला, तालिम, प्रविधि विकास तथा अध्ययन–अनुसन्धानका कार्यक्रमको लागत दुवै प्रदेशले ५०–५० प्रतिशत व्यहोर्ने सहमति गरेको छ ।
उच्चस्तरीय वा प्राविधिक बैठक आयोजना गर्दा आतिथ्यता गर्ने प्रदेशले व्यवस्थापन खर्च व्यहोर्नेछ भने सहभागी टोलीको भ्रमण भत्ता सम्बन्धित मन्त्रालयले नै व्यहोर्ने भएको छ । संयुक्त कार्यक्रमका लागि तेस्रो पक्ष वा विकास साझेदारको सहयोग लिनुपरेमा दुवै मन्त्रालयको पूर्वस्वीकृति र सहमति आवश्यक हुने व्यवस्था गरिएको प्रेस सल्हाकार कार्कीले भने ।
समझदारी पाँच वर्षसम्म लागू हुने
समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि लागू भई पाँच वर्षसम्म बहाल रहनेछ । अवधि समाप्त हुनुअघि दुवै पक्षको सहमतिमा पुनरावलोकन गरी नवीकरण गर्न सकिनेछ ।
आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा समझदारीपत्र संशोधन वा परिमार्जन गर्न सकिने व्यवस्था गरिएको छ । कुनै एक पक्षले समझदारी कार्यान्वयन अन्त्य गर्न चाहेमा अर्को पक्षलाई कम्तीमा ३० दिनअघि लिखित जानकारी दिएर समझदारीबाट पछि हट्न सक्नेछ ।
समझदारीपत्रमा उल्लेख भए अनुसार यसलाई दुवै प्रदेशबीच सद्भाव, सहकार्य र आपसी सहयोग विस्तार गर्ने प्रतिबद्धता पत्रका रूपमा लिइएको छ । यसले कुनै पनि पक्षमाथि अदालतमा चुनौती दिन सकिने कानुनी बाध्यता वा दायित्व भने सिर्जना नगर्ने उल्लेख गरिएको अर्थमन्त्री भट्टराईको प्रेस सल्हाकार कार्कीले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।