लालबकैया नदी खतरा तह नजिक, मर्यादपुर नजिक बाँध भत्किने उच्च जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता

0 Shares

रौतहट, ११ असोज । अविरल बर्षाका कारण लालबकैया नदीमा पानीको बहाव खतराको सत नजिक पुग्न थालेपछि तटिय आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका छन् ।
आइतबार बिहान ७ः२४ बजेको अपडेट अनुसार निजगढ स्थित लालबकैया नदीमा पानीको सतह २३८ सेन्टिमिटर पुगेको छ । उक्त स्थानमा चेतावनी तह १५० सेन्टिमिटर र खतरा तह २५० सेन्टिमिटर निर्धारण गरिएका हुन् ।
नदीको जलस्तर अहिले चेतावनी तहभन्दा ८८ सेन्टिमिटर माथि पुगेको छ भने खतरा तहभन्दा १२ सेन्टिमिटर मात्र तल रहेको बताइएको छ । जलस्तर अझै बढ्न सक्ने भएकाले नदी आसपासका बस्तीमा बाढी तथा डुबानको जोखिम बढेको छ ।
मौलापुर नगरपालिका–१ मर्यादपुर सहित लालबकैया नदीको तटीय र होचा भू–भागमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।
निरन्तर रुपमा नदीमा पानीको बहाव बढिरहेको अवस्थामा नदी किनार, पुल, घाट तथा डुबान हुनसक्ने क्षेत्रमा नजान, बालबालिका र वृद्धवृद्धालाई विशेष निगरानीमा राख्न तथा आवश्यक परे सुरक्षित र अग्लो स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ ।
सम्भावित बाढी र कटनाबाट हुने क्षतिलाई नियन्त्रण गर्न सुरक्षा निकायका टोलीलाई २४ औं घण्टा एलर्ट मोडमा राखिएको बताइएको छ ।
मर्यादपुर नजिक मर्मत गरिएका बाँध पुनः नदीले कटान एवं भत्काउने सुरु गरेको हुँदा त्यस क्षेत्रमा जोखिम उच्च रहेको हुँदा सावधानी एवं उच्च सतर्कता अपनाउन समेत जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।