रौतहट, ११ असोज । माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ स्थित वडा कार्यालय परिसरमा एक दिने निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरियो ।
नेत्र ज्योति संघद्वारा संचालित गौर आँखा अस्पताल, पुरेनवाको प्राविधिक टोलीले आयोजना गरेको एकदिने वृहत् निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो ।
ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई आर्थिक र भौगोलिक कठिनाइका कारण अस्पताल सम्म गाह्रो रहेको अवस्थामा लक्ष्ति वर्गको घरदैलोमै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरियो ।
शिविरमा २८५ जना सेवाग्राहीले आँखा परीक्षण तथा परामर्श सेवा लिए । सेवाग्राही मध्ये १३३ जना महिला र १५२ जना पुरुषले आँखाको परीक्षण गराए ।
आँखाको परीक्षणका क्रममा ५८ जना बिरामीमा मोतियाबिन्दु पहिचान भएपछि उनीहरूलाई शल्यक्रियाका लागि छनोट गरिएको छ । आवश्यकता अनुसार १४९ जना सेवाग्राहीलाई निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाए ।
सुयोग मगर र अर्चना सिंहको संयुक्त नेतृत्वमा सुशिल पासवान, राजेश कुमार यादव, शिवशंकर महतो र गौरीशंकर राउतसहित ९ सदस्यीय प्राविधिक टोलीले शिविरमा सेवा प्रदान गरेको अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
शिविरको अनुगमनका क्रममा गौर आँखा अस्पतालका अध्यक्ष विजय कुमार सिंह र सदस्य सचिव बच्चाबाबु यादव समेत उपस्थित रहेका थिए ।
ग्रामीण तथा विपन्न समुदाय सम्म आँखा स्वास्थ्य सेवा सहज रूपमा पुर्याउने अभियानमा सेवा फाउन्डेसनको आर्थिक सहयोग, माधवनारायण नगरपालिका–५ को समन्वय तथा सिभिल ह्युमन प्रालि चन्द्रपुरको सहकार्य उक्त शिविरको आयोजना गरिएको संयोजक पाण्डेले जानकारी दिए ।
शिविरमा छनौट भएका मोतिया विन्दुका विरामीहरुलाई भोली देखि गौर अस्पताल पुरेनवामा ल्याएर शल्यक्रिया गरिने समेत उनले बताए ।
संयोजक पाण्डेका अनुसार यस महा अभियानलाई निरन्तरता दिँदै आउँदो आइतबार बृन्दावन स्वास्थ्य चौकीमा पनि वृहत् निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिने छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन