0
Shares
बलरा (सर्लाही), १२ असोज । सर्लाहीको सीमावर्ती क्षेत्र बलरा नगरपालिकाको भगवानपुर एरियाबाट सशस्त्र प्रहरीले साढे १० किलोग्राम गाँजा बरामद गरेको छ ।
मोटरसाइकलमा सबार दुई जना व्यक्तिले बलरा नगरपालिका–५ भगवानपुर स्थित हनुमान मन्दीर नजिक सशस्त्र प्रहरी बेस क्याम्प (बिओपी) मधुबनीका टोलीलाई सोमवार दिउसो १२.५५ बजेको समयमा देख्ना साथ दुई वटा पोका फालेर पुनः नेपाल तर्फ भागेका थिए ।
मोटरसाइकललाई पछ्याउदा पनि उनीहरु भाग्न सफल भएको तथा दुई वटा पोकामा १० किलो पाँच सय ग्राम गाँजा बरामद गरिएपछि आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय गडहियाको जिम्मा लगाइएको सशस्त्र प्रहरी श्रोतबाट बुझिएको छ ।
इलाका प्रहरी कार्यालय गडहियामा उक्त गाँजा आवश्यक कारवाहीको लागि राखेर भागेका मोटरसाइलक चालक सहित व्यक्तिको खोजी कार्य जारी रहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन