रौतहट, १३ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीमा हामफालेकी खोलाबाट एक महिलालाई इप्रका मौलापुरको प्रहरी निरीक्षकले जोखिम मोलेर जीवितै उद्धार गर्न सफल भएका छन् ।
माधवनारायण नगरपालिका–१ दिपही गाउँकी ३५ वर्षीया ललिता देवी पासवान मंगलबार बिहान ५ बजे घरपरिवारलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन् । केही समयपछि उनी लालबकैया खोलाको पानीमा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय मौलापुरलाई खबर गरेका थिए ।
सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसी घटनास्थल पुगेर जोखिम मोलेर खोलामा प्रवेश गरी महिलालाई जीवितै उद्धार गर्न सफल भए ।
उद्धारपछि पासवानलाई इलाका प्रहरी कार्यालय मौलापुर ल्याइएर स्वास्थ्य परिक्षण गर्दा उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए । घटनाबारे परिवारका सदस्यलाई समेत जानकारी गराइयो ।
महिला पासवानका श्रीमान् काठमाडौंमा कपडा सिलाउने काम गर्दै आएका छ र उनको चार छोरा रहेको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र अनुसन्धान पछि विस्तृत विवरण सार्वजनिक गरिने डिएसपी बसन्त गौतमले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन