गरुडा नगरपालिकामा कर्मचारी आन्दोलित, तलब–भत्ता भुक्तानीसहित १३ बुँदे माग अघि सार्दै ७ दिने अल्टिमेटम

0 Shares

बक्यौता तलब देखि करार कर्मचारीको म्याद थपसम्मका माग, ७ दिन भित्र सम्बोधन नभए शान्तिपूर्ण दबाबमूलक आन्दोलन गर्ने चेतावनी

  रौतहट, १४ असोज । गरुडा नगरपालिकामा कार्यरत स्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूको महिनौं देखि बाँकी रहेका तलब–भत्ता भुक्तानी लगायत विभिन्न माग राख्दै नगर कार्यपालिका समक्ष १३ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाए ।
कर्मचारीहरूले विगत देखि बाँकी बक्यौता तथा चालु आर्थिक वर्षको तलब–भत्ता दसैंअघि नै उपलब्ध गराउनुपर्ने माग गर्दै उक्त ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा करार कर्मचारीको म्याद यथाशीघ्र थप गरी पारिश्रमिक उपलब्ध गराउनुपर्ने, स्वीकृत दरबन्दी भित्रका करार कर्मचारीलाई घटाउन वा हटाउन नहुने तथा कर्मचारीका पोशाक, चाडपर्व र महँगी भत्ता समेत उपलब्ध गराउनुपर्ने माग अघि सार्दै ७ दिनको समय सीमा दिएका छन् ।
वडा कार्यालयमा कार्यरत वडा सचिवका लागि कार्यालय सञ्चालन खर्च उपलब्ध गराउनुपर्ने, नगरपालिकाको खर्च गर्ने अख्तियारी तथा बैंक खाता अविलम्ब सञ्चालन गर्नुपर्ने र स्वीकृत दरबन्दी अनुसार कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने माग उक्त ज्ञापन पत्रमा उल्लेख गरिएका हुन् ।
वडा तथा विषयगत शाखामा आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गर्नुपर्ने, ऐन, नियम तथा कार्यविधि अनुसार कार्यालयको कामकाज गर्ने वातावरण बनाउनुपर्ने र करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने जोड दिइएको छ ।
कर्मचारीहरूले विगत देखिको कर्मचारी कल्याणकोष, बीमा लगायतका बाँकी रकम भुक्तानी समेत तत्काल उपलब्ध गराउनुपर्ने माग गरे । कर्मचारीहरूले आफ्ना माग सम्बोधनका लागि असोज १९ गतेसम्मको समयसीमा कार्यपालिकालाई दिएका छन् । उक्त अवधि भित्र माग सम्बोधन नभए थप शान्तिपूर्ण दबाबमूलक विरोधका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने ज्ञापनपत्र मार्फत चेतावनी दिए ।
कर्मचारीहरु आफूहरूले पटक–पटक मौखिक रूपमा समस्या र मागबारे ध्यानाकर्षण गराउँदै आए पनि ठोस पहल नभएको भन्दै ज्ञापनपत्रको माध्यमबाट लिखित रूपमा माग अघि सारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।