रौतहट, १५ असोज । गौर नगरपालिकाका सरसफाइ कर्मचारी पूर्वसूचना तथा जानकारी नदिई सिधैं हडतालमा गएपछि नगरपालिकाले तत्काल काममा फर्किन सार्वजनिक अपिल जारी गरेको छ ।
गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेलले बिहीबार सार्वजनिक अपिल जारी गर्दै सरसफाइ कर्मचारीहरू अकस्मात ड्युटी छाडेर हडतालमा गएको जानकारी विभिन्न माध्यमबाट प्राप्त भएपछि ध्यानाकर्षण भएको हो ।
नगरपालिकाले कर्मचारीका मागहरु आपसी वार्ता, संवाद तथा छलफलको माध्यमबाट समस्या समाधान गर्ने बाटो खुला रहेको जनाए । सरसफाइ सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले त्यसमा हडताल गर्न नपाउने प्रचलित कानुनी व्यवस्था रहेको जारी अपिलमा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्ष २०८३–०८४ को असारमै नीति तथा कार्यक्रम प्रस्तुत भईसकेको हुँदा तलब सहितको विभिन्न मागहरु अब हुने नगरसभामा पेश गर्नुपर्नेको साटो जानकारी नै नदिई आन्दोलनमा जानु नीति विरुद्ध रहेको उल्लेख छ ।
कर्मचारीहरूसँगको वार्ताबाट पहिचान भएका जायज माग आगामी नगरसभाबाट सम्बोधन गर्न सकिने अवस्था रहेको नगरपालिकाले स्पष्ट पारे ।
दसैं जस्तो महत्वपूर्ण पर्वको मुखमा सरसफाइ सेवा अवरुद्ध हुँदा नगरको दैनिक सरसफाइ प्रभावित हुन सक्ने भन्दै नगरपालिकाले हडतालमा रहेका सम्पूर्ण सरसफाइ कर्मचारीलाई पूर्ववत् काममा फर्किएर नगर सरसफाइ कार्यलाई नियमितता दिन प्रमुख प्रशासकीय अधिकृत पौडेलले पत्र मार्फत आग्रह गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन